अर्थ-वाणिज्य

अर्घाखाँचीमा ३४ करोड बराबरको सुन्तला उत्पादन ,उत्पादितमध्ये ६० प्रतिशत जिल्लामै खपत



अर्घाखाँची २३ माघ। अर्घाखाँचीमा यस वर्ष ३४ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लाका विभिन्न स्थानमा गरेर ५ हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका सूचना अधिकारी महेन्द्र ओझाले जानकारी दिनुभयो ।भिरालो पाखो बारीमा पनि राम्रो उत्पादन हुने भएपछि कृषकहरू व्यावसायिक रूपमा सुन्तला खेती तर्फ आर्कषित भएको उहाँको भनाइ छ ।जिल्लामा उत्पादितमध्ये ६० प्रतिशत सुन्तला जिल्लामै खपत हुन्छ भने बाँकी बुटवल लगायत अन्य शहरहरूमा निर्यात हुने गरेको छ । अर्घाखाँचीमा कुल ४ सय ९४ हेक्टरमा सुन्तला खेती भइरहेको छ ।

प्रकाशित : २३ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६