प्रदेश

जनताभन्दा ठूला न्यायाधीश अरु कोही छैन्न: नेता पोखरेल



काठमाडौं २३ माघ  ।  जनताभन्दा ठूला न्यायाधीश अरु कोही नभएको उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले बताउनु भएको छ ।देशमा राजनीतिक स्थायित्व चाहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने निर्णय गरेको पोखरेलले बताउनुभयो ।शुक्रबार नारायणहिटीको प्राङ्गणमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले भन्नुभयो,‘ जस्तासुकै प्रतिकुलता आए पनि ती प्रतिकुलतासित जुधेर मुलुकमा राजनीतिक स्थायित्वका लागि लागिरहने छौं ।’पोखरेलले थपन्नुभयो, ‘प्रधानमन्त्रीको अठोट अनुसार राजनीतिक स्थायित्वको अभियानमा जुटिरहने छौं । आर्थिक विकास र संविधानको रक्षाका लागि निरन्तर लागिरहने छौं । मुलुकको स्वाधीनताका लागि लागिरहने छौं ।’प्रचण्ड–माधव पक्षले बिहीबार आयोजना गरेको नेपाल बन्दमा जलेको ट्याक्सीको क्षतिपूर्ति सरकारले व्यहोर्ने उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो।

प्रकाशित : २३ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६