अर्थ-वाणिज्य

नौमुरेबाट दुइसय ८१ मेगावाट बिधुत निकाल्ने लक्ष्य



देउखुरी २३  माघ । नौमुरे बहुउदेश्यीय आयोजना मार्फत सरकारले सुरुङ मार्ग मार्फत सिंचाई गर्दै तीनवटा जलविधुत आयोजनाको परिकल्पना गरेको छ । उक्त योजना मार्फत प्युठान, अर्घाखाँची र कपिलवस्तुबाट तीनवटा बिद्युत आयोजना संञ्चालन गर्ने योजना छ । राप्ती नदीको पहाडी क्षेत्र राप्ती नदीको लामा तालमा ड्याम बाँधिने छ । यस्तै प्युठानको सरमारानी गाउँपालिकाको वडा नम्बर ३ र अर्घृखाँचीकोे शितगंगा नगरपालिका वडा नम्बर ७ र ११ कपिलवस्तुको शिवराज नगरपालिकामा स्थायी संरचना वनाइनेछ । उक्त यआयोजना मार्फत जम्मा दुइसय ८१ मेगावाट विद्युत निकाल्न सकिने जनाइएको छ ।

प्युठानको सरस्मारानीबाट दुइुय १८दशमलव ३४,अर्घाखाँचीको शितगंगा नगरपालिकाबाट आठ कपिलवस्तुको शिवराज नगरपालिका क्षेत्रबाट ५४ दशमलव चार मेगाबाट विद्युत निस्कने छ । नौमुरे बहुउदेश्यीय आयोजनाको मुख्य उदेश्य विद्युत उत्पादन, सिंचाईको ब्यवस्था, बाढि नियन्त्रण,  जैविक विभिधता संरक्षण, जलासय निर्माण गरेर ¥यााफ्टीङ, माछा पालन, लगायतका नमुना आयोजनाहरु सञ्चालन गर्दै लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकालाई नमुना शहर बनाउन मदत पुराउनु समेत रहेको बताईएको छ । 

विद्युत विकास विभागका सिनियर डिभिजन प्रमुख गौरी प्रसाद शाहल जलासय बनाएर झिमरुक नदीको ऐरावति गाउँपालिका सम्म र माण्डवी गाउँपालिकाको देवीस्थान नयाँगाउँ सम्म सञ्चालन गर्न सकिने विभिन्न  सम्भावनाका विषयमा अध्यन गरिएको जानकारी दिनुभयो । उहाँले यस आयोजनाले हालको पानीको अवस्था, सिंचाईको अवस्थामा समस्या नल्याउने जानकारी दिदै विगतमा आएका विभिन्न शंका उपशंकालाई  चिर्ने गरि बास्तविक प्रतिवेदन निर्माण भएको बताउनुभयो । 

विगतमा धेरै अध्यनका काम सुरु गरि विचमै अलपत्र परेका मस्यौदा प्रतिवेदनहरुलाई थाति राख्दै  करिव तीन वर्ष पहिलेदेखी पुनः अध्यनको काम सूरु गरिएको सो नौमुरे बहुउदेश्यीय आयोजनाको नेपाल सरकार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, विद्युत विकास विभागको प्रस्तावमा ईन्भाईरोमेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्ट प्रालि नेपाल, एकिओना ईन्जिनियरिया एस. ए स्पेन र नेपाल ईन्भाईरोमेन्ट एण्ड साईन्टिफिक सर्भिसेज प्रा लिको जेभिमा वातावरणीय प्रभाव मूल्याङकनको मस्यौदा प्रतिबेदन तयार गरेको हो । नौमुरेलाई जलासय युक्त बनाएर कपिलवस्तु हुँदै भारतको विहारमा पानी लैजाने सर्तमा आयोजना भारत सरकारले उपहार स्वरुप बनाइदिन तयार भएपनि त्यसको विरोध भएपछि नेपाल सरकारले २०७१ साल साउनमा काम आफैं अघि बढाउने निर्णय गरेको थियो । 

यसैविच नौमुरे बहुउदेश्यीय आयोजनाको वातावरणीय प्रभाव मूल्याङकनको मस्यौदा प्रतिबेदन को विषयमा सार्वजनिक सुनुवाई गरिएको छ । उक्त सार्वजनिक सुनुवाई दाङको राप्ती गाउँपालिकामा आयोजना गरिएको हो । नौमुरे बहुउदेश्यीय आयोजनाको वातावरणीय प्रभाव मूल्याङकनको मस्यौदाका बारेमा विद्युत विकास विभागका गौरी प्रसाद शाह, हरि बहादुर खत्रि, डा. नारायण मान श्रेष्ठ, डा. ज्योति प्रसाद गजुरेल, शंकर बहादुर साउदले जानकारी गराउनु भएको थियो ।

प्रकाशित : २३ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६