अर्थ-वाणिज्य

अध्यक्ष गोल्छाले एकाएक वढाए कपिलवस्तुवासीको उत्साह



कपिलवस्तु २३ माघ। कपिलवस्तु संघिय शासनको ऐतिहासिक जननी भूमी भएको वताउदै यो जिल्ला पर्यटनको मुहान र उद्योग खानीका रुपमा विकसीत हुने संभावना बोकेकोे नेपाल उद्योग बाणिज्य महासँघका अध्यक्ष शेखर गोल्छाले बताउनु भएको छ । उहाको यो भनाईले कपिलवस्तुवासीको उत्साह बढाएको छ भने सबैलाई गौरवान्ति तुल्याएको छ ।


    कपिलवस्तु उद्योग बाणिज्य संघको १४ औ साधारणसभा तथा ७ औ अधिवेसनमा बोल्दै गोल्छाले गौतमबुद्ध विमानस्थल, भैसहवा नाका र महत्वपुर्ण चेक पोष्ट , भौगोलिक सुगमताका कारण कपिलवस्तु आर्थिक उद्योग र व्यापारीक हिसावले महत्वपुर्ण रहेको बताउनुभयो । त्यसका लागि कपिलवस्तु उद्योग बाणिज्य सँघले पहिचान सहितको कार्यक्रम निति निर्माण गरेर ल्याए  आफुले केन्द्रबाट सघाउ पुरयाउने समेत बताउनुभयो ।

    उहाले साना तथा मझौला उद्योग, व्यापारको विकास भएमात्र देशको आर्थिक समृद्धि हुने बताउदै ,यस्ता व्यावसायीक कर्ताका लागि झन्जटिलो प्रकृया, सहुलियत ऋणका लागि ऐन परिमार्जन गर्नुपर्नेमा समेत जोड दिनुभएको थियो ।कार्यक्रममा बोल्दै विशिष्ट अतिथि प्रदेश सांसद विष्णु पंन्थीले लुम्विनी प्रदेश पर्यटन, उद्योग,कृषि व्यापार बाट आर्थिक संमृद्धि गर्न महत्वपुर्ण स्थान रहेको हुदाँ यस क्षेत्रमा औद्योगीक र यस्ता क्षेत्रमा लगानी गर्न व्यावसायीलाई अनुरोध गर्नुभयो ।

    लगानीको हिसावले कपिलवस्तु उपयुक्त वातावरणिय क्षेत्र रहेको भन्दै उहाले कपिलवस्तुमा सस्तो फराकिलो जग्गा, अन्र्तराष्ट्रिय बोर्डरबाट सुविधायुक्त बाटोघाटो तथा सुगमता रहेको हुदाँ ठुक्क भएर लगानी गर्न समेत विश्वस्त पार्नुभयो । राष्ट्रिय पुजीको विकासले मात्र अर्थतन्त्रको विकास बलियो हुने बताउदै उहाले स्वदेशी उत्पादन प्रवद्र्धनमा जोड दिनुपर्ने जनाउनुभयो ।

    उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले व्यवसायीलाई टेवा पुग्ने विभिन्न रचनात्मक कार्यहरु सहित संस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु,नागरिक समाजका अध्यक्ष दोलक बहादुर पछाई लगाएतले मन्तब्य राख्नुभएको थियो । सो अवसरमा विभिन्न क्षेत्रबाट सहयोग पुरयाउने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित : २३ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६