प्रदेश

जनतालाई सत्य कुरा वुझाउनु पर्छ ः नेता पोख्रेल



कपिलवस्तु २३ माघ 

नेकपा वुद्धभुमि नगरकमिटि सचिवालयको वैठक शुक्रवार बसेको छ । बैठकलाई सम्बोधन गर्दै नेकपाका जिल्ला संयोजक एवं केन्द्रीय सदस्य झविलाल पोख्रेलले केपी ओली सरकारले  राम्रो काम गरेको देख्न नसकि विभिन्न षडयन्त्र रच्नाले वर्तमान परिस्थिती सृजना भएको बताउनु भयो ।  

बास्तबिक यर्थात् कुरा जनतालाई पाटीले वुझाउन आवश्यक रहेको समेत उहाँले जनाउनु भयो । कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य वलराम अधिकारीले प्रधानमन्त्री  के.पी ओलीले चालेको कदम संवैधानिक रहेको जिकिर गर्नु भयो । असंवैधानिक कदम भन्नेहरुले आफ्नो ऐना हेर्नु पर्ने उहाँले तर्क गर्नु भयो । अनाश्यक जनतालाई भ्रम पैदा गर्ने काम नगर्न पनि नेता अधिकारीले आग्रह गर्नु भयो । जिल्ला कमिटि सचिवालय सदस्य देबी बेल्बासेको अध्यक्षता र गोकर्ण शर्माको सञ्चालनमा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य बाबुराम खनाल , शारदा शर्माा , प्रदेश कमिटि सदस्य पिताम्बर खनाल , टेकराज पौडेल लगायतले बोल्दै पाटी संगठनलाई बलियो बनाउदै चुनाबी माहोल बनाउनु पर्नेमा जोड दिनु  भयो । वैठकले यहि आउदो फागुन १ गते वुटवलमा हुन गईरहेको नेकपाको विशाल जनसभामा वुद्धभुमिबाट ८ हजार जनता उतार्ने र संगठन बिस्तार गर्ने निर्णय गरेको छ । 

प्रकाशित : २३ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६