कपिलवस्तु २४ माघ । शान्तिका अग्रदुत गौतम बुद्धले २९ बर्ष बिताएको पबित्र ठाउँ तिलौराकोटलाई बिश्व सम्पदा सूचिमा सुचिकृत गर्ने प्रकृयाका लागि संरक्षित स्मारक क्षेत्र घोषणा सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तु संग्रहलयमा भएको कार्यक्रममा लुम्बिनी बिकास कोष, पुरातत्व बिभाग, स्थानिय सरकारका प्रतिनिधीहरु, राजनितिक दलका पार्टी प्रतिनिधी, पत्रकार र स्थानिय बासिन्दाहरुको सहभागितामा कार्यक्रम भएको हो ।
छलफल कार्यक्रममा नेपाल सरकार पुरातत्व बिभाग बिश्व सम्पदा संरक्षण शाखा प्रमुख शुरेस सरस श्रेष्ठले संरक्षित स्मारक क्षेत्र घोषणा प्रकृयाको बारेमा बताउनु भएको थियो । उहाँले यस संरक्षित क्षेत्र घोषणाको लागि ४ किल्ला तोक्नु पर्ने बताउनु भएको हो । कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंहले संरक्षित क्षेत्र घोषण प्रकृयामा आफुहरुले सघाउने बताउदै बर्षैा देखी बस्दै आएका स्थानिय वासी हरुको जनजिविकाको लागि संचालन र ब्यवस्थापनमा पुरातत्व बिभाग र लुम्बिनी बिकास कोष गम्भीरहुनु पर्ने बताउनु भएको थियो ।
कार्यक्रममा बाबुराम खनाल , लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीले जिल्लाका पुरातत्व संग सम्बन्धित साइटका स्थानियहरु संग मिलेर कार्यक्रमहरुको तय गरि अगाडी बढ्ने बताउनु भएको थियो । ल्ुाम्बिनी बिकास कोषका सदस्य सचिव हिमाल उप्रतीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा पुरातत्व बिभाग , लुम्बिनी किास कोष र स्थानिय सरकारको बीचमा कुनै तालमेल न रहेको ब्यापक गुनासो उठेको थियो ।
प्रतिक्रिया