अर्थ-वाणिज्य

प्रदेशको स्थायी राजधानीमा बन्ने भयो राप्ती चक्रपथ



दाङ २५ बैशाख ।दाङको राप्ती गाउँपालिकाले सबै वडालाई एउटै सडकले जोड्ने गरी राप्ती चक्रपथ निर्माण गर्ने भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी समेत तोकिएको राप्ती गाउँपालिकाले झण्डै एक अर्ब रुपैयाँको लागतमा आफ्नो गौरवको आयोजना अघि सारेको हो । ९ वटै वडालाई जोड्ने ३४ किलोमिटर लामो सडकको निर्माण कार्य पूर्व र पश्चिमबाट एकैपटक सुरु भएको छ ।

    १२ मिटर चौडाइ रहने चक्रपथबाट वडाका गाउँ जोड्नका लागि अरु ६ वटा सडकलाई समेत सँगसँगै निर्माण थालिएको गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिनुभयो । तीनै तहका सरकारको लगानीमा निर्माण सुरु भएको राप्ती चक्रपथबाट लुम्बिनी प्रदेशको राजधानीमा व्यवस्थित सडकमार्गको विकास हुने अध्यक्ष सुवेदीले बताउनुभयो । 

 

प्रकाशित : २५ माघ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६