कपिलवस्तु २५ माघ ।कपिलबस्तु उद्योग बाणिज्य संघले ७ औ अधिवेशनका लागि शनिवार मनोनय दर्ता गरि उम्मेदवारहरुको नामावली प्रकाशन भएको छ । यो संगै बरिष्ट उपाध्यक्ष र महासचिवमा उम्मेदवारी दिने घोषणा गरेर विभिन्न संचार माध्यमवाट चर्काचर्का अन्तर्वाता दिएका स्वतन्त्र उम्मेदवारहरु घाम लाग्दै जाँदा सित हराए जसरी हराएका छन् । श्रोतक अनुसार उनीहरुका मातृपार्टी नेकपा र कांग्रेसका नेताले राखेर हप्काएपछि उनीहरु उम्मेदवारी दर्ता हुने दिन चुपचाप बसेका हुन् । जसका कारण केवल २ प्यानलमा निर्वाचन हुने भएको छ ।
निर्वाचन तालिका अनुसार आइतवार सम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएकोछ भने सोमवार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि मंगलवार चुनाव हुने भएको निर्वाचन समितिका सदस्य गुणानिधी भुसलले वताउनु भएको छ । जस अनुसार टोप नारायण बेल्वासे अध्यक्ष रहेको नेकपा समर्थित एक प्यानल र डोेलकराम घिमिरे अध्यक्ष रहेको नेपाली कांग्रेस समर्थित अर्काे प्यानल बीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । दुबैपक्षले चुनाव जित्ने दावि कायम राखेकै बीच ब्यावसायीमा सिंगो प्यानल एउटै समुहवाट नल्याउने गरी क्रस भोटिङको संभावना रहेको अगुवा ब्यवासायीहरु वताउछन् ।
श्रोतका अनुसार नेकपा समर्थित प्यानलमा निर्वाचनमा अगाडी आउने निश्चित छ तर उम्मेदवार छनौटमा पदाधिकराी तर्फ केहि महत्वपूर्ण सीटमा तुलनात्मक कमजोर उम्मेदवार खडा गरिएकाले ती सीट कांग्रेस समर्थितका पोल्टामा जाने लगभग निश्चित रहेको विष्लेषण हुन हुदै आएको छ ।नेकपाको एउटै प्यानल बन्नु उसका लागि फाइदा जनक भएको हो । तर कँंग्रेस समर्थित प्यानलमा कतिपय पपुलर र अनुभवि उम्मेदवार रहनुले एकिकृत नेकपालाई समेत कडा चुनौतीको सामना गर्नु पर्ने स्थिती विद्यमान रहेको ब्यावसायीहरु वताउछन् ।
सघंको अधिवेशनका लागि नेकपा सर्मथित प्यानलबाट अध्यक्षमा टोपनारायण बेल्बासे, वरिष्ठ उपाध्यक्षमा छबी रेश्मी मगर , उद्योग तर्फ उपाध्यक्षमा कृष्ण सापकोटा , वाणिंज्य तर्फको उपाध्यक्ष कृष्ण प्रसाद गैरे , एसोसिएट तर्फ उपाध्यक्ष बिरेन्द्र खाँण , वस्तुगत उपाध्यक्ष तर्फ बाबुराम पाण्डे , महासचिवमा कुशल पौडेल र सचिवमा खिमानन्द पौडेल (कपिल) को उम्मेदवारी दर्ता भएको छ । त्यस्तै कोषाध्यक्षमा मनोहर योगी , सहकोषाध्यक्षमा यम बहादुर के.शी. महिला सदस्य तर्फ शान्ति क्षेत्री , गिता पौडेल, त्यस्तै लेखा समिति संयोजकमा मोहन न्यौपाने सदस्यमा कृति मल्लको उम्मेदवारी दर्ता भएको छ ।
उता नेपाली कांग्रेस सर्मथित प्यानलबाट अध्यक्षमा डोलकराम घिमिरे, बरिष्ठ उपाध्यक्षमा लक्ष्मण अधिकारी ,उद्योग उपाध्यक्षमा तुल्सीराम घिमिरे ,बाणिज्य उपाध्यक्षमा , खुमानन्द घिमिरे महासचिवमा मनोज पौडेल ,कोषाध्यक्षमा बिनोद पन्त ,सचिवमा शंकर प्रसाद न्यौपाने ,सह कोषाध्यक्षमा सेराज अहमद ,महिला उपाध्यक्षमा , इन्द्रीरा तिमिल्सीना ,महिला सदस्यमा लक्ष्मी थारु र मिना पौडेल पोखरेल , विमला श्रेष्ठ ,एसोसेट उपाध्यक्षमा टोपनारायण भण्डारी सदस्यमा लक्ष्मण भुसाल र मनोज बानिया , यस्तै वस्तुगत उपाध्यक्षमा शालिकराम भुसाल ,लेखा समितिमा कृष्ण अर्याल, बसन्त खनाल र फर्सुराम पन्तको उम्मेदवारी दर्ता भएको कांग्रेस पक्षले जनाएकोछ
यसरी हेर्दा सबै पदमा प्रतिस्प्रर्धीको हिसाबले २÷२ जनाको उम्मेदवारी परेको छ । अन्ततः नेकपा र कांग्रेस प्यानल विच प्रतिस्पर्धा हुने देखिएको छ । उता सघंको अधिवेशमा वरिष्ठ उपाध्यक्षमा स्वतन्त्र तर्फबाट रमेशचन्द्र भुषाल र महासचिव पदमा नेत्र पाण्डेले उम्मेदवारी दिने चर्चा चले पनि पनि अन्ततः उहाहरुले उम्मेदवारी दर्ता भने गराउनु भएको छैन ।
प्रतिक्रिया