प्रदेश

अर्घाखाँचीमा सरकारविरुद्ध प्रदर्शन ,अर्घाखाँची जिल्ला काँग्रेसको किल्ला हुने जिकिर



अर्घाखाँची २५ माघ ।प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितीको निर्देशन बमोजिम काँग्रेसले अर्घाखाँचीमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।विरोध र्याली पछि कोण सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कानले अर्घाखाँची जिल्ला काँग्रेसको किल्ला हुने जिकिर गर्नुभयो । सभापति मुस्कानले अर्घाखाँची जिल्लालाई काँग्रेसको किल्ला बनाएर चारतारे झण्डा फहराउँने उद्धघोष गर्नुभयो ।

विरोध सभामा पुर्व सभापति कमल प्रसाद भुसाल, लोकतान्त्रिक गैरसरकारी महासंघका केन्द्रीय सदस्य बाबुराम पौडेल, शिक्षक संघका अध्यक्ष यादव प्रसाद घिमिरे, ट्रेड युनियन कांग्रेसका प्रदेश सचिव नन्दराम भट्टराई लगायतले सम्बोधन गर्नुभएको थियो ।विरोध सभामा काँग्रेसका शुभेच्छुक संस्थाहरु नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन, नेपाल सांस्कृतिक संघ, नेपाल प्रेस युनियन लगायतका शुभेच्छुक संस्थाहरूकोे विरोध सभामा सहभागिता रहेका थियो ।

प्रकाशित : २५ माघ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६