लुम्बिनी

समाज रुपान्तरणको अभियानलाई अझै सक्रिय ढङ्गले अगाडि बढाउनुपर्ने: उपसभामुख थारु



रुपन्देही २५ माघ ।  समाज रुपान्तरणको अभियानलाई अझै सक्रिय ढङ्गले अगाडि बढाउनुपर्ने लुम्बिनी प्रदेशसभाका उपसभामुख कृष्णीकुमारी थारुले बताउनु भएको छ। सञ्चारिका समूह रुपन्देही र साहसी कदम नेपालले सामाजिक अभियान्ता र पत्रकार महिलाबीचमा शनिबार बुटवलमा आयोजना गरेको अनुभव आदानप्रदान कार्यक्रममा उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको मुद्दालाई बलियो बनाउन सामाजिक अभियान्ता अझै जागरुक हुनुपर्ने बताउनुभयो। उहाँले आर्थिक रुपमा आत्मनिर्भर नहुँदासम्म महिला सधैँ पछाडि पर्ने उल्लेख गर्दै अब उद्योग, पर्यटन जस्ता क्षेत्रमा महिलालाई सक्रिय सहभागी बनाउनुपर्नेमा जोड दिनुभयो ।

उपसभामुख थारुले महिला अधिकारको रक्षा र सशक्तीकरणका लागि बलियो सञ्चारसंस्था र महिला पत्रकारको विशेष भूमिका रहने बताउँदै आफू कम्लहरी हुँदा धेरै पीडा सहेकाले अरुले सहन नपरोस् भन्ने उद्देश्यले नै मुक्तीको आन्दोलनको नेतृत्व गर्दै प्रदेशसभाको यात्रा तय गरेको अनुभव सुनाउनुभयो। उहाँले प्रदेशसभाबाट लैङ्गिकमैत्री कानून बनाउन आफ्नो सक्रियता रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सम्झना शर्माले अधिकारमुखी संस्थामा काम गर्दा लैङगिकमैत्री वातावरण नहुँदा समस्या भोग्नुपरेको अनुभव सुनाउनुभयाृे। गैरसरकारी संस्था महासङ्घका केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्माले पितृसतात्मक सोच र व्यवहारका कारण सामाजिक क्षेत्रमा महिलाले समस्या भोग्नुपरेकाले सबै मिलेर सशक्त रुपले आवाज उठाउनुपर्ने बताउनुभयो।

सञ्चारिका समूह रुपन्देहीका सल्लाहकार माया गौतम, इन्दिरा अर्याल र अमृता अनमोलले महिला भएकै कारण पत्रकार महिलालाई गर्ने व्यवहार फरक भएको बताउँदै परिवर्तनका पक्षमा निरन्तर कलम चलाउनुपर्नेमा जोड दिए। सञ्चारिका समूहका अध्यक्ष निरु गौतमले समाज परिवर्तन, न्याय र अधिकारका लागि सञ्चारिकामा आबद्ध पत्रकार महिलाले निरन्तर कलमको माध्यमबाट आवाज उठाउँदै आएको बताइउनुभयो ।

कदम नेपालका अध्यक्ष इन्दिरा आचार्यले हिंसा प्रभावित महिलाको न्याय र अधिकारका लागि काम गर्दा मानसिक रुपमा पिरोलिनु परेको अनुभव सुनाउँदै सञ्चारसंस्थामा समाचार आएकै कारण पीडितलाई न्यायका लागि बल मिल्ने बताउनुभयो । साहसी कदम नेपालका अध्यक्ष आनिक रानाले पत्रकार महिलाका कारण यौनिक तथा अल्पसङ्ख्यक समुदायका आवाज उठाउन सजिलो भएको बताउनुभयो ।

प्रकाशित : २५ माघ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६