प्रदेश

नेकपा प्रचण्ड–माधव समहूको विद्यार्थीले गरे सिंहदरबार छेऊमा नाराबाजी



 काठमाडौं २५ माघ । नेकपा प्रचण्ड–माधव समहूको विद्यार्थी संगठन अनेरास्ववियूले संसद् विघटनविरुद्ध सिंहदरबार छेऊमा नाराबाजी गरेको छ । चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत अनेरास्ववियूले अनामनगर हनुमानस्थानमा प्रदर्शन गरेको हो ।नाराबाजीका क्रममा विद्यार्थीहरुले ‘वी हेट यू केपी ओली, वी हेट यू’ नारा लगाएका थिए । ‘संसद् विघटन गर्दै मुलुकलाई प्रतिगमनलाई लैजाने शासकलाई हेट (घृणा) गरेका हौं’, अखिलका नेता आरती लामाले भनिन् । ‘

यो समूहले प्रधानमन्त्री ओलीविरुद्ध आक्रामक नारा लगाउने गरेका छन् ।केही दिनअगाडि प्रधानमन्त्री ओलीका समर्थकले ‘केपी ओली, आई लभ यू’ नारा लगाएका थिए ।हनुमानस्थानमा प्रदर्शन गरेपछि अखिलले प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको छ । संसद् विघटनदेखि राज्य शक्तिको दुरुपयोगसम्मको विरोध जनाउँदै विरोध पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दर्ता गरिएको छ ।

प्रकाशित : २५ माघ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६