बुटवल २५ माघ । रोयल सोसेल एण्ड स्पोर्ट्स क्ल्वब बुटवलको प्रथम साधारण सभा सम्पन्न गरेको छ । अध्यक्ष निरज बन्जाडेको अध्यक्षतामा रहेको कार्यक्रम मा प्रमुख अतिथि युवा समाजसेवी राजेन्द्र ढकाल र बिशिस्ट अतिथी बुटवल उममहानगरपालिका वडा न. ०९ का वडा सदस्य बिमला श्रेष्ठ अतिथि सुशील पाण्डे रहनुभएको कार्यक्रममा लक्लबका बोर्ड सदस्य साधारण सदस्य को उपस्थित रहेको थियो , कार्यक्रम को संचालन क्लबका सचीव सान्तराज रसाइली ले गर्नुभएको थियो । स्वागत मन्तव्य गौरब रेग्मि र कार्यक्रममा क्लवको बारेमा उपाध्यक्ष समीर आचार्यले प्रकाश पार्नु भएको थियो ।
प्रमुख अतिथी राजेन्द्र ढकाल ले क्लब कसरी अगाडि बढाउने , क्लब प्रति युवाको भुमिका र युवा र क्लब का बिच को सकारात्मक पक्ष र युवा को लागि क्लबको आवश्यकता को बारेमा प्रकाश पार्नुभएको थियो । प्रमुख अतिथि ले क्लबले गरेका कार्य प्रति खुसी प्रकट गर्दै आगामी दिनमा क्लबलाई उचाईमा पुर्याउनको लागि भरपुर भुमिका खेल्ने बताउनुभयो। त्यसै गरि नयाँ नेतृत्व समीर आचार्य को अध्यक्षतामा बनेको छ।नयाँ कार्यसमिति लाई बधाई र शुभकामना दिदै अझ शशक्त ढङ्गले अगि बढ्ने मा आशाबादी रहेको र मैले गर्न पर्ने आर्थिक भैतिक र नैतिक सबै खले सहयोग गरेर सस्थालाइ उचाइ मा पुर्याउन तयार भएको बताउनु भएको छ ।
त्यसै गरि बिशिस्ट अतिथि बिमला श्रेष्ठले क्ल्व आफ्नै वडा मा दर्ता भएको र आफ्नै परिवार भित्रको भएको भएर हरेक कुरामा सहयोग पुर्याउनु भयो । त्यसै गरि अतिथि सुशील पाण्डेले क्लब सहि मार्ग मा हिडेको र अझै उचाई मा लैजान आफ्नो तर्फबाट हरेक कुरामा सहयोग गर्ने बताउनु भएको छ ,,कार्यक्रम मा अध्यक्ष निरज बन्जाडे ले आफ्नो कार्यकाल मा भएका सम्पुर्ण कार्यक्रमको स्मरण गर्दै सम्पुर्ण लाई धन्यवाद व्यक्त गर्नुभएको छ र नयाँ बनेको समिती लाई बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो ।








प्रतिक्रिया