काठमाडौं २६ माघ । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमबाट भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको हो । जिल्ला प्रहरी कार्यालय, बैतडी स्रोतका अनुसार पोष्टमार्टममा संलग्न चिकित्सकहरुले भट्टको बलात्कार भएको देखिएको बताएका छन् ।
प्रतिकार गर्दा शरीर र टाउको तथा हातमा चोट लागेको भनिएको छ । भट्टको घाँटीमा पनि निलडाम छ । उनको यौनांगमा पनि घाउ रहेको पाइएको एक प्रहरी अधिकृतले बताए । शरीरको विभिन्न भागमा देखिएको चोटपटकले उनलाई जबरजस्ती घिसारिएको जस्तो पनि देखिएको उनले जनाए ।यता प्रहरीले एकैपटक धेरै टोली परिचालित गरेर विभिन्न कोणवाट अनुसनधान अघि वढाएको वताइएको छ ।
प्रतिक्रिया