अर्थ-वाणिज्य

समाबेशीताको नजरमा उद्योग वाणिज्यसंघको उम्मेदवारीमा गंभिर प्रश्न



कपिलवस्तु २६ माघ । नेपालको नयाँ संविधानले राज्यका हरेक क्षेत्रमा समाबेशीताको सिद्धान्त अगालेकोछ । तर उद्योग बाणिज्यसंघ कपिलवस्तुको माघ २४ मा हुने निर्वाचनमा भने समाबेशीताको सिद्धान्त उलंघन भएको छ। हुनत उम्मेदवारी दर्ता र निर्वाचन संघको विधान अनुसार नै हुने हो तर नेकपा र कांग्रेस समर्थित उद्योगी ब्यवासायीले उम्मेदवारी दर्ता गर्दा समाबेशीता अगालेका छैनन् । त्यसैले यसलाई समाबेशीताका हिसावले त्रुटीपूर्ण मान्नु पर्ने नागरिक अगुवाहरु वताउछन् । 

पहिलो त्रुटी हो पदाधिकारी तर्फ महिला उपाध्यक्ष भन्दा वाहेक अन्य पदमा कुनैपनि महिला छैनन् । जनजातीका कुरा गर्दा नेकपा समुहवाट बरिष्ट उपाध्यक्षमा छवि रेष्मी वाहेक अरु पदाधिकारीमा जनजाती नै छैनन् । जनजाती र थारु समुदायको वाहुल्य रहेको यस क्षेत्रमा के थारु समुदाय ब्यापार ब्यावसायमा छैनत ? खोइत उनीहरुको प्रतिनिधित्व थारु अगुवा भोजराज चौधरीको तर्कछ । 

    अझ गजव कुरा त यस निर्वाचनमा दलित र मधेसीको प्रतिनिधित्व नै छैन । कांग्रेस समुहवाट सह कोषाध्यक्षमा सेराज अहमदलाई उम्मेदवार वनाएर मुष्लिमको प्रतिनिधत्व गराइएपनि दलित र मधेसी विहिन समिति निर्वाचित हुदैछ । कपिलवस्तु उद्योग वाणिज्यसंघ राष्ट्रमै गणना हुने संघमा पर्छ यस्तो नमुना संघ समाबेशीताका हिसावले अनुकरणीय हुनु पर्ने की नपर्ने प्रतिस्पर्धारत टोप नारायण बेल्वासे र डोलकराम घिमिरेको समुह तर्फ प्रश्न खडा भएको छ । 

    यता कपिलबस्तु उद्योग बाणिज्य संघले ७ औ अधिवेशनका लागि मनोनय दर्ता गरि उम्मेदवारहरुको नामावली प्रकाशन गरेकोमा सबै उमेद्धारी सदर भएका छन् । उम्मृदवरी  बदर हुने गरि कसैको दावी विरोध आएन सोहि कारण सबै सदर भए संघका अध्यक्ष उमनाथ पौडेलले वताउनु भयो । अधिवेशन अन्तर्गत मतदान मंगलबार हुने निर्वांचन मण्डलका सदस्य गुणानिधी भुषालले जानकारी दिनुभयो ।

    सघंको अधिवेशनका लागि नेकपा तर्फबाट  अध्यक्षमा टोपनारायण बेल्बासे, वरिष्ठ उपाध्यक्षमा छबी रेश्मी मगर, उद्योग तर्फ उपाध्यक्षमा कृष्ण सापकोटा , वाणिंज्य तर्फको उपाध्यक्ष  कृष्ण प्रसाद गैरे , एसोसिएट तर्फ उपाध्यक्ष बिरेन्द्र खाँण , वस्तुगत उपाध्यक्ष तर्फ बाबुराम पाण्डे , महासचिवमा कुशल पौडेल र सचिवमा खिमानन्द पौडेल (कपिल) को नाम प्रकाशन भएको छ । त्यस्तै कोषाध्यक्षमा मनोहर योगी , सहकोषाध्यक्षमा यम बहादुर के.सी  महिला सदस्य तर्फ शान्ति क्षेत्री , गिता पौडेल, त्यस्तै लेखा समिति संयोजकमा मोहन न्यौपाने सदस्यमा कृति मल्लको नाम सर्वजनिक भएको छ ।

     उता नेपाली कांग्रेस तर्फबाट अध्यक्षमा डोलकराम घिमिरे, बरिष्ठ उपाध्यक्षमा  लक्ष्मण अधिकारी ,उद्योग उपाध्यक्षमा तुल्सीराम घिमिरे ,बाणिज्य उपाध्यक्षमा खुमानन्द घिमिरे महासचिवमा  मनोज पौडेल ,कोषाध्यक्षमा बिनोद पन्त ,सचिवमा शंकर प्रसाद न्यौपाने ,सह कोषाध्यक्षमा  सेराज अहमद ,महिला उपाध्यक्षमा इन्द्रीरा तिमिल्सीना ,महिला सदस्यमा लक्ष्मी थारु र मिना पौडेल पोखरेल , विमला श्रेष्ठ ,एसोसीयट उपाध्यक्षमा टोपनारायण भण्डारी रहनु भएको छ ।

    यस्तै सदस्यमा लक्ष्मण भुसाल र मनोज , वस्तुगत उपाध्यक्षमा शालिकराम भुसाल ,लेखा समितिमा कृष्ण अर्याल, बसन्त खनाल र फर्सुराम पन्तलाई चुनावी मैदानमा उतारिएको कांग्रेस पक्षले जनाएको छ । 

प्रकाशित : २६ माघ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६