काठमाडौं २६ माघ । पछिल्लो झन्डै चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ। २०७४ सालयता बलात्कारका घटना ७ हजार १ सय ७० वटा भएकामा १७ जना मारिएका हुन्। ०७०र\७१ मा मुलुकभर बलात्कारका ९ सय ५ वटा घटना भएका थिए। ०७६\७७ सम्म आइपुग्दा दुई गुणा बढेर २ हजार १ सय ४६ वटा घटना भएको प्रहरी अभिलेखमा छ।प्रदेश १ मा बढी घटना भएको देखिन्छ। ०७४\७५ मा ३ सय ४८, ०७५\७६ मा ५ सय ४८, ०७६\७७ मा ४ सय ८५ र ०७७\७८ को पुससम्म ३ सय २५ वटा घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।संख्यात्मक रूपमा प्रदेश १ मा धेरै घटना देखिए पनि वृद्धि भने सुदूरपश्चिममा देखिन्छ। प्रहरी मुख्यालयका अनुसार ०७४र७५ मा सुदूरपश्चिममा ९३ वटा बलात्कारका घटना भएका थिए। ०७५\७६ मा १ सय ७१, ०७६\७७ मा २ सय १ र ०७७\७८ को पुससम्म १ सय २३ वटा घटना भएको देखिन्छ।
२६ माघ २०७७, सोमबार








प्रतिक्रिया