लुम्बिनी

पाल्पामा रातिमा टिप्पर चलाउन रोक ,टाइमकार्ड लागू



पाल्पा २६ माघ । पाल्पामा रातिमा टिप्पर चलाउन रोक लगाउँदै राजमार्गमा टिप्पर चलाउन टाइमकार्ड लागू गरिएको छ ।  राति ९ बजेदेखि बिहान ४ बजेसम्म तानसेन बजार हुँदै टिप्पर चलाउन नपाइने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले टिप्पर सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । रातिमा टिप्पर चलाउँदा आएको आवाजले सडक छेउका घरमा समस्या भएको गुनासो आएपछि रातिको सात घण्टासम्म टिप्पर चलाउन रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।रातमा सुत्न नपाइने र दिउँसोमा धुलोसँगै भात खानुपर्ने बाध्यता रहेको भन्दै स्थानीयको पटक-पटक गुनासो गर्दै आएका थिए । बैठकले रिब्दीकोट गाउँपालिका–३ खस्यौलीको हार्थोकदेखि तिनाउ गाउँपालिका–२ दोभानसम्म साढे दुइ घण्टाको समय तोकिएको छ ।

प्रकाशित : २६ माघ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६