कपिलवस्तु २६ माघ । संघिय आयोजना कार्यान्वयन इकाई भैरहवाले जगदिशपुर तिलौराकोट सडक खण्ड कालोपत्रे गर्ने क्रममा अन्य स्थानको सडक वनाएपनि जगदिशपुर वजारमा स्थानीयले घर पसल नभत्काएपछि स्थानीय प्रशासनको नेतृत्वमा डोजर लगाएर भत्काउने गरी एक हप्ते अल्टीमेटम दिइएको छ । जगदिशपुर देखी तिलौराकोट सडकका जगदिश बजारमा रहेका १८ वटा घर पसलहरु एक हप्तापछि सुरक्षा परिचालन मार्फत भत्काउने निर्णय भएको हो ।
सोमबार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा बसेको सर्बदलिय बैठकले यसअघि १५ दिनको सुचना हुदा घर पसल भत्काउन स्थानियले अटेरी गरेकाले अव एक हप्ताको अन्तिम सूचना दिने र सो मितिमा पनि नभत्काएमा सुरक्षाकर्मी परिचालन गरि भत्काउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताउनुभयो । सकेसम्म स्थानियले आफै भत्काउने बातावरण बनोस भन्नेर पहल गर्ने र त्यसो हुन नसकेमा नेपाल प्रहरी र शशस्त्र प्रहरी परिचालन गरि भत्काउनका निम्ती सबैदलिय बैठकबाट म्याण्डेन्ट लिईएको प्रजिअ पौडेलको भनाई छ ।
यस्तै संघिय आयोजना कार्यालय भैरहवाका ईन्जिनियर शुसिल भटटले जगदिशपुर बजारमा घर पसल नभत्काईदा सडक निर्मण अबरुद्ध भएको भनि स्थानिय प्रशासनको सहयोग माग गरिएको र एकहप्ता पछि आवश्यक परे सुरक्षाकर्मी परिचालन गरि भत्काउने निर्णय भएकोले सोही अनुसार सुचना जारी गरिएको बताउनुभयो ।
कपिलवस्तुका नेकपा , नेपाली कांग्रेस ,जसपा ,जनमोर्चा र राप्रपा लगाएतका दलका प्रतिनिधि कपिलवस्तुका नगरपालिकाका प्रतिनिधि , कपिलिवस्तु नगरपालिका वडा नं ९ वडा अध्यक्ष सहितको बैठकमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख नवराज अधिकारी ,शशस्त्र प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक गोपाल प्रसाद श्रेष्ठ सहितको उपस्थिती थियो । बैठक सर्बसम्मत रुपमा जगदिशपुर बजारका घर पसल भत्काउने निर्णय गरेको नेपाली कांग्रेसका प्रतिनिधी ललित गुरुङले वताउनु भयो ।
जगदिशपुर तिलौराकोट सडक खण्ड निर्माणको काम अन्तिम चरणमा पुगेको भएपनि पर्यटकीय क्षेत्र जगदिशपुर बजारमा रहेका १८ बढि घर पसलहरु नभत्काईदा सडक निर्माणको काम अधुरै रहदै आएको छ । यस अघि लक्ष्मणघाट जगदिशपुर सडक खण्डको काम हुदा समेत ती घरपसल नभत्काइदा वजार क्षेत्र छाडेर अन्य स्थानको काम भएको थियो । वडा अध्यक्ष शिव वाग्लले एक हप्ता भित्र सबैले घरपसल भत्काएर सहज बातावरण बनाउन सबैमा अपिल गर्नुभएको छ ।उहाले पटक पटक स्थानीयसंग भएका बैठकले घर पसल स्वयमले भत्काउने निर्णय गरेर खुशीराजीले हस्ताक्षर गरेको भएपनि अटेरी गरेकाले जिल्ला प्रशासन र सुरक्षा नेतृत्व गुहार्ने स्थिती आएको वताउनु भयो ।
यता कपिलवस्तु नगरपालिकाले यस अघि तौलिहवा क्षेत्रका ६ सय बढी घर पसलमा सुरक्षाकर्मीका साथ डोजर चलाएर भत्काएकाले अव जगदिशपुरमा पनि आवश्यकतानुसार डोजर चलाउन नगरपालिका तयार रहेको मेयर किरण सिंहले वताउनु भयो ।
प्रतिक्रिया