कपिलवस्तु २७ माघ । स्थानीय चुनावकै झल्को दिनेगरी उम्मेदवारको घरदैलो भेटघाट, उच्चदौडधुप,मतदातालाई आश्वासन ,गोप्य भेला,टीम वनाएर परिचालन, गाडी घोडाको परिचालन ,पाटीका नेताको समेत चुनाव केन्द्रित ब्यस्तता, होटल र पार्टी प्यालेसमा विहान र साझ हुने चहल पहल,पर्चा पम्लेट ब्यानर र स्टीकरको वर्षाका साथ कपिलवस्तु उद्योग वाणिज्यसंघको चुनाव आज भई रहेको छ । उद्योगी ब्यवासायीको यो चुनावको माहोल हेर्दा स्थानीय चुनाव भन्दा कम छैन ।
चुनावी मैदानमा प्यानल बनाएर प्रतिस्पर्धामा खटेका नेकपा र कांग्रेस समर्थित उद्योगी ब्यवासायी नेताहरुसंग टक्कर दिन नत उनीहरु इतरका कुनै प्यानल बन्न सके नत स्वतन्त्र उम्मेदवार नै मैदानमा देखा पर्न सके । मानौ खासगरी बाणगंगा क्षेत्रमा नेकपा र कांग्रेस वाहेक कोही छैन की जसरी चुनावी प्यानलहरु सलवलाएका छन् ।
यो चुनावका केहि यस्ता रहस्यहरु छन् जुन अहिले सम्म वाहिर आएका छैनन् । त्यस्ता रहस्यहरु खोतल्ने प्रयास प्रेसपाटीले गरेको छ । अध्ययनका आधारमा यस्ता रहस्यहरु फेला परेका हुन् ।ती मध्ये केहि रहस्यहरु मात्र सार्वजनिक गर्ने जमर्काे गरिएको छ । सबैभन्दा पहिला उम्मेदवार छनौटको रहस्य हेरौं। प्रतिस्पर्धामा देखा परेका अध्यक्षका प्रत्यासी टोपनारायण बेल्वासे र डोलकराम घिमिरे नै कसरी पार्टीका आधिकारीक उम्मेदवार बने त ? यसका फरक फरक रहस्य छन् ।
जव एमाले र माओवादी मिलेर नेकपा बन्यो त्यसको जिल्ला नेतृत्वले शुरु मै बसेर कपिलवस्तुका महत्वपूर्ण फोरमहरुमा कसलाई अघि सार्ने भनेर केहि खाका तयार पारयो । त्यही खाका भित्र उद्योग वाणिज्यसंघ कपिलवस्तुको नेतृत्व टोपनारायण बेल्वासेले गर्ने भन्ने निर्णय करिव १ डेढ वर्ष पहिला नै भएको थियो । यहि निर्णयलाई पालना गर्न नेकपाका दुबै समुह यसपाली पार्टी फूटको चरणमा जाँदा पनि प्रतिवद्ध रहे फलस्वरुप बेल्वासे नेकपाको आधीकारीक उम्मेदवार बन्न सफल भए । उद्योग वाणिज्यसंघका वर्तमान अध्यक्ष उमानाथ पौडेलले नेतृत्वसंग छलफल गरेर प्यानल बनाइदिए । त्यो सर्व स्वीकार्य भयो विवाद भएन ।
यता डोलकराम घिमिरे नै कांग्रेस तर्फका आधीकारीक अध्यक्षका उम्मेदवार किन बने त ? यसको अर्कै रहस्य छ। यस अघि उद्योग वाणिज्यसंघको चुनावमा उमानाथ पौडेल अध्यक्ष बन्दा नेपाली काँंग्रेस र एमाले समर्थित बीच अर्काे पटक कांग्रेसलाई नेतृत्व दिने मौखिक सहमति भएको थियो । तर यहि बीचमा पार्टी एकता भई एमाले नेकपामा सामेल भयो । तत्कालिन एमालेलाई पाटी नै नरहेपछि सहमति कार्यान्वयन नगर्न सजिलो भयो ।
शुरुमा तत्कालिन एमाले निकटका विगतको सहमतिमा बसेका ब्यवसायीबीच दौडधुप भयो पूर्व सहमति कार्यान्वयन गराउन । पार्टीका नेताहरुसंग पनि घेटघाट भयो । यतिबेला अध्यक्षका लागि कांग्रेस समर्थित प्यानलवाट दुनिका भुसाल र रुक वहादुर भुसालको नाम आयो छलफलमा । तत्कालिन एमालेसंगको सहमति कार्यान्वयनमा आउने देखिएन । अव चुनाव नै हुने भयो भने पछि डोलकरामको पल्ला भारी भयोे ।
यसो हुनुको पहिलो कारण थियो घिमिरे एक स्वाभिमानी ब्यावसायीक नेता र इमान्दार कांंग्रेसी कार्यकर्ता भएकाले उहालाई प्रतिस्पर्धामा लैजानु ठिक हुने तर्क । अर्काे कारण थियो उहा सधै एमालेसंग मिल्ने ब्यक्तित्वका रुपमा रहेकाले एमालेसंगै भीडाउदा ठीक हुने कांग्रेस समर्थितको मनोगत भावना । तेश्रो कारण थियो डोलकरामलाई लडाउने चुनावी अभियानका खर्च लगायतका काममा अरु ब्यावसायीक नेताहरुले सघाउन सजिलो हुने । चौथो कारण थियो डोलकरामको जित्दा र हार्दा दुबै अर्थमा अविचलित रहने क्षमता । यी नै कारणहरुले यतिवेला प्रस्पिर्धामा छन् डोलक राम घिमिरे ।
यतिमात्र होइन अर्काे रहस्य हो पार्टी प्यालेश केन्द्रित राजनीतिको । यहाँ पार्टी प्यालेश पनि पार्टीका आफ्नै अखडा हुन् की ? जस्तो महशुस हुने गरेको छ । उद्योगी ब्यावसायीले यतिबेला पार्टी प्यालेशमा जमघट खानपिन गर्दा समेत राजनैतिक बर्गिकरण कै शैली अपनाएका छन् । टोपनारायण बेल्वासेको चुनावी अभियानको खाजा नास्ता र खानाको केन्द्र बनेको छ द हिमालयन पार्टी प्यालेश । डोलक राम घिमिरेको केन्द्र हो श्रीपेच होटल एण्ड पार्टी प्यालेश र मायादेवि पार्टी प्यालेश ।
अध्यक्षका प्रयासी बेल्वासेले पार्टी प्यालेशमा खासै खर्च नगरेको दावि गर्नु हुन्छ । धेरै जसोले घरमै खाना खाजा खाने गरेका छौं कतिपय अलि टाढाको साथी घरदैलोमा खटेमा वा भेटघाट गर्न आएमा खाना खाजाका लागि पठाउने गरीएको छ । अरु धेरै खर्च गरिएको छैन । उहाले भन्नु भयो चुनाव त प्यानलले नै जित्दैछ कति अन्तर हुन्छ भन्ने मात्र हो । त्यस कारण मैले एक्लै कुनै खर्च गर्नु पर्ने र लगानी गर्नु पर्ने कारण छैन । बनगाई ओदारी आदी ठाउमा पनि साथीहरुले खाजा खाने ठाउमा खानु हुन्छ त्यसैले मैले कति खर्च गरें भन्ने हिसाव नै राख्नु पर्नेगरी खर्च भएको छैन । सायद उहाको कुरा सही हुन पनि सक्छ । अथवा मिडयाकालागि यस्तै भन्नु पर्ने भएको पनि हुन सक्छ ।
तर डोलकराम घिमिरे खुलस्त कुरागर्न हिचकिचाउनु भएन । विभिन्न होटल र पाटी प्यालेशमा कार्यकर्ताले राम्रोसंग खानपिन गरेका छन् । चुनावकालागि दौडधुप गरेका छन् । मेरो चुनावमा मैले गरेको खर्च केवल १३०० हो जुन मोवाइलमा रिचार्ज गर्नमा प्रयोग भएको छ । अरु सबै ती कार्यकर्ताले आफैआफै खर्च गरेर खानपिन गरेका छन् । फुर्सद मिल्दा यसो त्यहा गएर केहि मिनट साथ दिने काम गरेको छु । चुनावी उत्साह धेरै छ । मेरालागि १०/२० हजार खर्च गर्न वा सहयोग पुराउन कार्याकर्तामा प्रतिस्पर्धा छ । तर मैले केहि चाहिदैन भन्ने गरेको छु । लिएको पनि छैन । गाडी घोडा र कार्यकर्ताको उत्साह तपाईले आफै हेर्न सक्नु हुन्छ उहाले भन्नु भयो ।
१६२५ जना मतदाता हरेकालाई ज्याकेट दिने गरी एक जना ब्यावसायीक साथी आउनु भएको थियो । मैले त्यसो नगरौ भनेर फर्काइदिए उहाले भन्नु भयो । उहाले अझ खुलस्त पार्दै भन्नु यो चुनाववाट मैले २ कुरा पाएँ । पहिलो जिन्दगीमा सम्पत्ति नकमाएपनि साथी चाही राम्रै कमाएको रहेछु । दोश्रो सधै मलाई एमाले परस्त भनिन्न्थो । अव भने एमालेसंग भीड्ने तागत भएको कोही छ भने डोलक हो भन्ने पुष्टि गरें. ।
जितहार दुबै सहर्ष स्वीकार्छु । तर माहोल मेरो साह्रै राम्रो छ । तपाइले हेर्दै जानुस न । डोलकरामले धेरैको मनछुने काम गरेको छ मतदिदा मेरो झल्को कसो नआउला र ? जे होस चुनाव जित्नैका लागि लडिन्छ । तर जीतहार दुबैलाई सहर्ष स्वीकार्ने भावना र चुनावमा हुने विकृति रोक्न भने उम्मेदवार सचेत रहनै पर्छ ।
प्रतिक्रिया