कपिलवस्तु २७ माघ । बुद्धभूमि नगरपालिकामा भूमि सम्बन्धि समस्या समाधान आयोगको लगत संकलन इकाई स्थापना गरिएको छ । नगर प्रमुख केशव कुमार श्रेष्ठले सोमबार एक कार्यक्रमका बीच लगत संकलन इकाईको उद्घाटन गर्नुभएको हो ।
भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने गरी गठन भएको आयोगले अहिले बुद्धभूमिमा पनि लगत संकलनको काम भैरहेपनी इकाईको औपचारिक उद्घाटन भने सोमवार भएको हो।बुद्धभूमिमा लगत संकलनको काम १० वटै वडामा सञ्चालन भैरहेको छ । नगरका सबै वडामा लगत संकलनकर्ता खटाएको छ ।








प्रतिक्रिया