प्रदेश

प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाँदै



काठमाडौँ २७ माघ । निर्वाचन तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलबार) निर्वाचन आयोग जाँदै हुनुन्छ ।आयोगले यसअघि नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो तर दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाउनु भएको थियो  ।लगत्तै पार्टीको आधिकारिकता दाबी गर्न नेकपाका पुष्पकमल दाहाल र माधव नेपाललगायतका नेताहरू आयोग पुग्नु भएको थियो  ।

प्रधानमन्त्री ओली भन्नु भयो पार्टीमा विवाद सुरु भएपछि आयोग जानु भएको छैन  ।ओली जसरी पनि निर्वाचनमा जानुपर्ने पक्षमा रहनु भएको छ  । त्यसैले उहाँले आयोगले चुनावी कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखिरहनु भएको छ  । यसै सन्दर्भमा चुनावका कार्यक्रमलगायत विषयमा आयोगको ध्यानाकर्षण गराउन उहाँ आयोग पुग्न लागेको स्रोतले जनाएको छ । बिहान ११ बजे ओली आयोग जाने तयारी छ ।

प्रकाशित : २७ माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६