लुम्बिनी

पहिलो चरणमा पाँच र दोस्रो चरणमा दुई प्रदेशमा चुनाव गराउने सरकारको निर्णय



काठमाडौं, २७ माघ । सरकारले वैशाख १७ र २७ का लागि घोषित निर्वाचन कसरी गर्ने भन्ने विषयमा निर्णय गरेको छ ।हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा वैशाख १७ गते प्रदेश नम्बर–१, २, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा र वैशाख २७ गते बागमती र सुदूरपश्चिम प्रदेशमा निर्वाचन गराउने निर्णय गरेको हो ।प्रधानमन्त्री ओलीले यिनै विषय जानकारी गराउँदै निर्वाचन तयारीबारे निर्वाचन आयोगमा गएर आज छलफल गर्ने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् ।

‘देशका १३५ वटै निर्वाचन क्षेत्रमा कर्मचारी, सुरक्षा, मतपत्रलगायत विषयमा आयोगलाई सरकारले के कस्ता सहयोग गर्नुपर्छ भन्ने विषयमा प्रधानमन्त्री ज्यूले छलफल गर्नुहुन्छ,’ मन्त्री श्रेष्ठले भने ।प्रधानमन्त्री ओली आज बिहान ११ बजे निर्वाचन आयोग जाँदैछन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ का लागि चुनाव घोषणा गरेकी छन् ।

कांग्रेस, जनता समाजवादी पार्टी, नागरिक समाजलगायत पनि संसद् विघटनविरुद्ध आन्दोलित छन् । त्यही दिनदेखि विभाजन भएका नेकपाका दुई पक्षमध्ये प्रचण्ड–नेपाल पक्ष ओलीले असंवैधानिक कदम चालेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएको छ । प्रतिगमनविरुद्ध सडक आन्दोलन गर्दै आएको नेकपाले भोेलि ९बुधबार० काठमाडौंमा अहिलेसम्मकै विशाल जनसभाको तयारी गरिरहेको छ ।

प्रकाशित : २७ माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६