अन्तर्राष्ट्रिय

भारतको उत्तराखण्डमा हिमताल फुटेर आएको बाढीमा परेर मृत्यु हुनेको संख्या २६ पुगे



काठमाडौं २७ माघ । भारतको उत्तराखण्डमा हिमताल फुटेर आएको बाढीमा परेर मृत्यु हुनेको संख्या २६ पुगेको छ। उत्तराखण्डको आपतकालीन परिचालन केन्द्रकाअनुसार १ सय ७१ जना बेपत्ता छन् । चमोली जिल्लाको हिमाली क्षेत्रमा आइतबार हिमताल विस्फोट हुँदा धौलीगंगा र अलकनन्दा नदीमा बाढी आएको थियो। उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले उद्धार कार्य रातभर जारी रहेको बताएका छन्।

तपोवन जलविद्युत परियजनाको सुरुङमा बेपत्ता भएकाको खोजी जारी रहेको र उद्धारकर्मी लेदो पन्छाएर १ सय ३० मिटरभित्र पुगिसकेको उनले बताए। हिमपताल विस्फोट भएर आएको बाढीपछि ऋषिगंगा प्रोजेक्टका नामले चिनिने तपोवन जलविद्युत परियोजना पूर्णरुपमा नष्ट भएको छ।

उत्तराखण्ड सरकारले यस घटनामा उद्धार र राहतका लागि २० करोड भारतीय रुपैयाँ सहयोगको घोषणा गरेको छ। बाढीका कारण सडक सम्पर्क टुटेका ठाउँमा हेलिकोप्टरबाट राहत सामग्री पु¥याइएको छ। घटनामा ज्यान गुमाउनेका परिवारलाई केन्द्र सरकारले २ लाख र प्रदेश सरकारले ४ लाख भारतीय रुपैयाँ सहयोगको घोषणा गरेका छन्।

प्रकाशित : २७ माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६