प्रदेश

चुनावका लागि आवश्यक कामलाई अगाडि बढाउन प्रधानमन्त्री ओलीको सुझाव



काठमाण्डौ २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि आवश्यक कामलाई अगाडि बढाउन निर्वाचन आयोगलाई सुझाव दिनुभएको छ । निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेर प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त र आयुक्तलाई चुनावको तयारी तीव्र पार्न सुझाव दिनुभएको हो ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले चुनावको तयारीबारे आयोगले गरेका गतिविधिको प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको आयोगका सहप्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । प्रमुख आयुक्त थपलियाले आयोगले तोकिएको मिति वैशाख १७ र २७ मा चुनाव गर्ने गरी काम गरिरहेको समेत जानकारी गराउनुभएको छ । मङ्गलवारको छलफलमा नेपाल कम्युनिस्ट पार्टी ९(नेकपा) को विवादबारे छलफल नभएको पनि निर्वाचन आयोगले जनाएको छ । 

गएको पुस ५ गते प्रतिनिधि सभा विघटनपछि नेकपा दुई समूहमा विभाजित भएको छ । गएको माघ १६ गते आयोगले नेकपाको ओली समूह र प्रचण्ड–नेपाल समूहलाई नेकपाभित्रको विवाद र चुनावको तयारीबारे छलफल गर्न बोलाएको थियो । त्यसलगत्तै प्रचण्ड–नेपाल समूहले आयोगमा आफ्नो आधिकारिकता पेस गरेको छ । नेकपाका दुवै समूहले आफूहरु नेकपाको आधिकारिक समूह भएको दाबी गर्दै आएका छन् । तर दुवै समूहले गरेको निर्णयलाई आयोगले अस्वीकार गरेको छ ।  

प्रकाशित : २७ माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६