प्रदेश

पश्चिमी वायुको प्रभावका कारण मौसममा बदली



काठमाण्डौँ २८ माघ ।पश्चिमी वायुको प्रभावका कारण मौसममा बदली भएको छ । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी बागमती र प्रदेश नं. १ का पहाडी भुभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा छ ।प्रदेश २ र काठमाडौं उपत्यकामा आज बादल लागे पनि पानी पर्ने सम्भावना कम रहेको मौसमविद निराजन सापकोटाले जानकारी दिए ।उनका अनुसार काठमाडौं उपत्यकामा लागेको बादल साँझपखबाट हट्ने छ । उनले अनलाइनखबरसँग भने, ‘काठमाडौं उपत्यकामा बिहान १०\११ बजेपछि बादल लाग्ने छ र साँझ ५\६ बजेबाट पूरै हटेर जाने छ ।’जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू९भागमा भने हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । तराईका केही भागमा बिहानपख हुस्सुरकुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।

प्रकाशित : २८ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६