ब्रेकिंग न्युज

कपिलवस्तु उद्योग वाणिज्य संघको मंगलवार सम्पन्न चुनावको नतिजा , हेर्नुस कस्को मत कति ?



कपिलवस्तु उद्योग वाणिज्य संघको ७ औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि  सम्पन्न चुनावको नतिजा आएको छ । मगंलवार सम्पन्न चुनावको नतिजा अनुसार वाणिज्य संघको अध्यक्षमा डोलकराम घिमिरेले विजय प्राप्त गर्नुभएको छ । डोलकराम घिमिरेको ७६९ मतले विजय हासिल गर्नुभएको छ भने ,प्रतिस्पधी टोपनारायण बेल्वासेको ७१९ मत आएको छ । घिमिरे प्रतिद्धन्दी प्रगतीशिल प्यानलका उमेद्धवार टोपनारायण बेल्वासे संग ५० मतले विजयी हुनुभएको हो ।वरिष्ठ उपाध्यक्ष तर्फ  छविलाल रेश्मी ७५७ मतले विजय हुनुभएको छ भने प्रतिस्पधी लक्ष्मण अधिकारीको ६८० मत आएको छ ।

उद्योग उपाध्यक्ष तर्फ तुल्सीराम घिमिरे बिजय हुनुभएको छ। घिमिरेले ७५२ मत ल्याउनुभएको थियो भने  प्रतिस्पधी  कृष्ण सापकोटाको ६९९ मत आएको छ । यस्तै वाणिज्य उपाध्यक्ष तर्फ खुमानन्द घिमिरे  बिजय हुनुभएको छ ।  घिमिरेको ७९६ मत आएको छ भने प्रतिस्पधी कृष्ण प्रसाद गैरेको ६४६ मत आएको छ ।  यस्तै महासचिवतर्फ मनोज पौडेल बिजय हुनुभएको छ ।  पौडेलको ८१० मत आउदा प्रतिस्पधी कुशल पौडेलको भने ६३२ मत आएको छ ।  त्यस्तै कोषाध्यक्ष तर्फ बिनोद कुमार पन्थ बिजय हुनुभएको छ । पन्थको ७८४ मत आएको छ भने  प्रतिस्पर्धी मनोहर योगीको ६५५ मत आएको छ ।सचिव तर्फ (खिमानन्द) कोपिल पौडल बिजय हुनुभएको छ ।

 शंकर प्रसाद न्यौपानेको ६९९ मत आउदा प्रतिस्पर्धी  पौडेलको भने ७२४ मत आएको छ ।  त्यस्तै सह-कोषाध्यक्ष तर्फ यम बहादुर के.सी ७६४ मत , सिराज अहमत ६४५ मत आएको छ  । भने ११९ मतले के.सी बिजय हुनुभएको छ। महिला सदस्य उधोग तर्फ गितादेवि पौडेल विजय हुनुभएको छ । पौडेलले ८२५ मत ल्याउनुभएको छ भने प्रतिस्प्रधि विमला श्रेष्ठले ५९५ मत ल्याउनुभएको छ । महिला सदस्य वाणिज्य तर्फ मीना पोख्रेल पौडेलले ८४८, गितादेवि तिमिल्सीना ५६५ मत ल्याउनुभएको छ । महिला सदस्य कृर्षि उद्यम तर्फ लक्ष्मी थारु  विजय हुनुभएको छ । थारुले ७४७ मत , निर्मला अधिकारी पाण्डे ६९१ ल्याउनुभएको छ ।

त्यस्तै वस्तुगत सदस्य तर्फ यमलाल पोख्रेल ,ज्ञान बहादुर थापा ,सुरेन्द्र कुमार पाण्डे ,गिरी राज पौडेल ,राजेन्द्र विक्रम शाह , विकास न्यौपाने  ,क्षेत्रगत सदस्य तर्फ ओदारीबाट बसन्त कंंडेल निविरोध चयन हुनुभएको थियो ।विजय मध्ये वरिष्ठ उपाध्यक्ष, सचिव र सह-कोषाध्यक्ष बेल्वासे प्यानलका हुन् भने बाकिँ सबै घिमिरे प्यानलका रहेका छन् ।संघका नव निर्वाचित अध्यक्ष डोलकराम घिमिरेले आफुलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिदैँ अब उद्योग वाणिज्य संघको हकहितका लागि निरन्तर खट्ने बताउनु भएको छ । 

प्रकाशित : २८ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६