खेलकुद

नेपाल टेलिकम रुपन्देही सुपरलिग सुरु,प्रोफेसनलको विजयी सुुरुवात



भैरहवा, २८ माघ । भैरहवामा आजबाट नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो । सिद्धार्थ रंगशालामा आज भएको डिभिजन बी अन्तर्गतको खेलमा प्रोफेसनल मास्टर्स ११ ले स्टार क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै जित निकालेको छ । टस जितेर ब्याटिङ गरेको स्टारले निर्धारित ४१ ओभरको खेलमा अलआउट हुँदै १६१ रन बनायो । उसका लागि अनिल थापाले ४३ र ईश्वर ज्ञवाली नटआउट ३८ रन बनाए । बलिङमा प्रोफेसनलका जयप्रसाद यादवले सर्वाधिक ५ विकेट लिए । यस्तै, अनिल जैसवारले २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको प्रोफेसनलले ३५ ओभरमा ७ विकेट क्षतिमा १६२ रन बनाउँदै लक्ष्य पूरा गर्यो । उसका लागि प्रमिस थापाले ४३ र अनिल जैसवारले ३० रन बनाए । बलिङमा स्टारका महेश पटेलले ३, जय गोदार र मौसम ढकालले समान २\२ विकेट लिए । म्यान अफ द म्याच जयप्रकाश यादव घोषित भई पुरस्कृत भए । बिहीबार डिभिजन बी अन्तर्गत गोलपार्क क्रिकेट क्लब र बुटवल युथबीच प्रतिस्पर्धा हुनेछ ।प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । 

यस्तै म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५\५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष प्रशान्तविक्रम मल्लले जानकारी दिए ।प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य प्रमोद यादवले खेल क्षेत्रको विकासमा राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले लामो समय रोकिएको खेलकुदले पछिल्लो समय निरन्तरता पाउँदा खेलाडीहरु उत्साहित भएको जनाए । रुपन्देहीले क्रिकेट खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलेकोले यहाँ बनिरहेको रंगशाला छिटो सम्पन्न हुनुपर्ने उनले बताए ।

प्रकाशित : २८ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६