लुम्बिनी

सिकार खेल्ने क्रममा गोली लागेर दाङकोमा एक जनाको घटनास्थलमै मृत्यु



दाङ २९ माघ । सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर दाङको देउखुरीमा एक जनाको घटनास्थलमै ज्यान गएको छ । मङ्गलवार दिउँसो गढवा गाउँपालिका २ चिमचिमेको तिरतिरे जङ्गलमा सिकार खेल्न गएका दुई जनामध्ये एक जनाको बन्दुकको गोली लागेर ३९ वर्षीय इन्द्रबहादुर रानाको ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले जानकारी दिनुभयो ।दाजु इन्द्रबहादुर र भाइ २७ वर्षीय सूर्यबहादुर राना सिकार खेल्न राष्ट्रिय वनमा गएका थिए । सिकार खेल्ने क्रममा भाइले चलाएको भरुवा बन्दुकको गोली लागेर दाइ इन्द्रबहादुरको ज्यान गएको  हो । जङ्गलमा दाजु–भाइ सिकार खेल्ने क्रममा भालु आएको जस्तो देखेपछि भाइले फायर खोल्दा दाइको ज्यान गएको खुल्न आएको भट्टले भन्नुभयो ।घटनामा संलग्नलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ ।  

प्रकाशित : २९ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६