काठमाण्डौ २९ माघ । नेकपाको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि प्रहरीले बोलाएको छ ।प्रहरीले सोधपुछका लागि बोलाए पनि झाँक्रीले महानगरीय अपराध महाशाखा जान अस्वीकार गर्नु भएको छ । केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर ओली समूहको अखिल नेपाल महिला सङ्घले झाँक्रीलाई कारबाही गर्न माग गरेपछि प्रहरीले सोधपुछका लागि बोलाएको हो ।हिजो काठमाण्डौमा भएको प्रचण्ड–नेपाल समूहको आमसभामा झाँक्रीले आफूविरुद्ध लगाइएको आरोपको विरोध गर्नुभएको थियो ।
प्रतिक्रिया