प्रदेश

ज्येष्ठ नागरिकको उचित स्याहारसुसार गर्ने परिवारलाई सम्मान



aदाङ २९ माघ । देउखुरीको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकको उचित स्याहारसुसार गर्ने परिवारलाई सम्मान गरेको छ ।राप्ती गाउँपालिकाले परिवारका ज्येष्ठ सदस्यको सम्मानपूर्ण व्यवहारकासाथ पालनपोषण गर्दै आएका ९ वडाका ६७ जना छोराबुहारीलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको हो । उनीहरुलाई गाउँपालिकाको आर्थिक वर्ष २०७७\२०७८ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार वडागत रुपमा टोल सुधार समिति, जनप्रतिनिधि तथा छरछिमेकीको सिफारिसका आधारमा छनौट गरिएको हो ।

ज्येष्ठ नागरिक आमाबुबा, सासू-ससुरा वा अन्य ज्येष्ठ नागरिकको सम्मानमा घरका सदस्यहरुको भूमिकामा कमी नहोस् भनेर छोराबुहारीहरुलाई सम्मान गरिएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी दिनु भयो ।राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकको सम्मान, न्यानो कपडा वितरण तथा परिवारका ज्येष्ठ नागरिक सदस्यको उचित स्याहारसुसार गरेका परिवारलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

प्रकाशित : २९ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६