काठमाण्डौ २९ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड -नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको छ ।राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ पुर्जी जारी गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । यसअघि प्रहरीले सोधपुछका लागि बोलाएको थियो । तर, झाँक्रीले महाशाखा जान अस्वीकार गर्नु भएको थियो । झाँक्रीलाई पक्राउ गर्न सादा पोसाकका प्रहरी उहाँको निवास शङ्खमूल पुगेका छन् ।
झाँक्रीको समर्थनमा शङ्खमूलमा अहिले नाराबाजी भइरहेको छ । केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर ओली समूहको अखिल नेपाल महिला सङ्घले झाँक्रीलाई कारबाही गर्न माग गरेपछि प्रहरीले सोधपुछका लागि बोलाएको हो ।हिजो काठमाण्डौमा भएको प्रचण्ड–नेपाल समूहको आमसभामा झाँक्रीले आफूविरुद्ध लगाइएको आरोपको विरोध गर्नुभएको थियो ।
प्रतिक्रिया