लुम्बिनी

ओली समूहको बुटवलमा मोटरसाईकल ¥याली



बुटवल, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले केपी ओली लोकतन्त्रबादी नेता भएको दावी गर्दै प्रचण्ड लगायतका नेताहरु अधिनायकवादका नेता भएको आरोप लगाउनु भएको छ । उहाँले भन्नुभयो–‘जसले हजारौं निहत्था नागरिकको हत्या ग¥यो आज उनीहरुले हामीलाई लोकतन्त्रको पाठ सिकाईरहेका छन् ।

’नेकपा ओली समुहले फागुन १ गते बुटवलमा आयोजना गरेको जनसभाको पूर्वसन्ध्यामा बिहिबार बुटवलमा प्रदर्शन गरिएको मोटरसाईकल ¥यालीपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै युवासंघका ईञ्चार्ज समेत रहेका बस्नेतले प्रचण्ड, माधव नेपाल तिर लागेका नेता कार्यकर्तामा विचलन, कुण्ठा निराशा र डिप्रेसनको समस्या समेत देखिएको आरोप लगाउनु भयो ।

उहाँले प्रचण्ड–माधव समुहलाई कोर्ष करेक्सन गरेर जान समेत आग्रह गर्नुभयो । उहाँले आज पार्टी छोडेर गएपनि फर्केर आउने ठाउँ यही भएकोले ठाउँ राखेर जान आग्रह गर्नुभएको हो । उहाँले सभा कस्तो हुन्छ बुटवलमा हेर्न आउने समेत प्रचण्ड, माधव नेपाललाई आग्रह गर्नुभयो ।उहाँले नेतृ रामकुमारी झाकीतर्फ लक्षित गर्दै बोल्न नदिने निरंकुशता र बोल्न पाउने कुरा लोकतन्त्र भएपनि बोल्न पाएभन्दैमा छाडा बोल्ने कुरा अराजकता भएकोले त्यसलाई कन्ट्रोल गर्न नेपाल सरकार तयार रहेको बताउनु भयो ।

प्रकाशित : २९ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६