अर्थ-वाणिज्य

कपिलवस्तु उद्योग बाणिज्य सघंका पदाधिकारीलाई पद हस्तान्त्रण तथा शपथ ग्रहण सम्पन्न



कपिलवस्तु २९ माघ । कपिलवस्तु उद्योग बाणिज्य सघंका नव निर्वाचित पदाधिकारीलाई औपचारिक रुपमा आज विहीबार पद हस्तान्तरण गरिएको छ । पुर्व कार्यसमितिले विहीबार दिउँसो एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा नव कार्यसमितीलाई  पद हस्तान्तण गरेको हो । नव निर्वाचित पदाधिकारीले आजै पद तथा गोपनियताको सपथ ग्रहण समते गरेका छन्  । सघंको आफ्नौ हलमा भएको  कार्यक्रममा शपथ ग्रहण, पद हस्तान्त्रण तथा शुभकामना आदानप्रदान कार्यक्रम बाणगंगा नगरपालिकाका नगर उपप्रमुख चक्रपाणी अर्यालले  शुभकामना मन्तब्य राख्दै नव निर्वाचित समितीले व्यवसायिहरुको हकहितमा काम गर्नुपर्ने बताउनुभयो ।

प्रमुख अतिथी समेत रहनु भएको उप प्रमुख अर्यालले  आर्थिक गतिविधी बिना समृद्धी सम्भव नरहेको बताउदै व्यापारी, व्यवसायिहरुको संरक्षण गर्दै व्यवस्थीत गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाले उद्योग बाणिज्य संघलाई स्थानीय सरकारले सधै साथ दिने बताउदै निरन्तर सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो । यस्तै कार्यक्रममा पुर्व अध्यक्ष विष्णु न्यौपाने, देवी प्रसाद पाण्डे, यज्ञ भटट्राई, उमानाथ पौडेद, वडा नंं. ८ का वडा अध्यक्ष गुणनिधी भुषाल, ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री  लगाएतले सफल कार्यकालको शुभकामना मन्तव्य दिनुभएको थियो ।  

प्रकाशित : २९ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६