ब्रेकिंग न्युज

भारतसँग जोडिएको सीमा क्षेत्रमा सवारी आवातजावत संचालन शाहद्धारा गर्न माग



कपिलवस्तु ३० माघ । कपिलवस्तु क्षेत्र न ३ का प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले भारतसँग जोडिएको सीमा क्षेत्रमा सवारी आवातजावत संचालन गर्न माग गर्नुभएको छ । शुक्रवार नेपाली काग्रेका सभापति शेरबहादुर देउवालाई भेट गरी सीमामा यातायातका साधानहरु संचालन हुन नसक्दा नागरिकहरु समस्यामा परेको हुदाँ पहल गर्न आग्रह गर्दै ज्ञापन पत्र दिनुभएको छ ।निजि तथा सार्वजनिक यातायातका साधनहरुलाई पुर्ववत् रुपमा नियम पुरा गरि नेपाल प्रवेशमा रोक लगाईदा तराई मधेशको भारत सँग रहेको सांस्कृतिक सम्वन्धमा समेत नकारात्मक प्रभाव परेको सांसद शाहले बताउनुभयो ।

नेपालका पर्यटकिय तथा धार्मीक स्थलमा भ्रमणको लागि आउने भारतीय नागरिकहरु प्रवेशमा समेत रोक लगाइदा पर्यटकिय क्षेत्रमा समेत ठुलो नोक्सानी भएको ज्ञापन पत्रमा उल्लेख छ ।कोभिड १९ को संक्रमण कारण नेपाल भारत सीमा करिव १ वर्ष देखि सवारी आवतजावतमा रोक लगाएको र हाल संक्रमण दर कमी रहेको सगै खोप पनि प्रयोगमा आइसकेकोले सीमा क्षेत्र निर्वाध रुपमा आवतजावत गर्नको व्यावस्था मिलाउन आग्रह गरिएको छ । ज्ञापन पत्र बुझ्दै सभापती देउवाले सीमा क्षेत्रमा सवारी संचालन गर्न आफुले पहल गर्ने प्रतिबद्धता गरेको सांसद शाहले बताउनुभयो ।

प्रकाशित : ३० माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६