अर्थ-वाणिज्य

मन्त्री गिरीको उद्घोष -‘जे गर्छ बुटवलले नै गर्छ’



बुटवल ३० माघ ।प्रचण्ड माधव समुहको सातो पुत्लो उड्ने गरी बुटवल जनसभाले सन्देश दिने नेकपाका केन्द्रिय नेता एवम प्रदेश मन्त्री लिला गिरीले दावि गर्नु भएको छ । यतिबेला प्रतिनिधि सभा विघटन भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा दुइ अलग अलग समुह भएर क्रियाशिल छन् । नेकपाको प्रचण्ड माधव समुह विघटनको विरोधमा आन्दोलनमा छ । उसले बुटवल सहित देशका विभिन्न ठाउँमा शक्ति प्रदर्शन र विरोधसभा गरेको छ ।

     यता, नेकपाको केपी ओली पक्षले पनि आफ्नो पक्षमा समर्थन देखाउन सभा गरिरहेका छ । फागुन १ गते नेकपाकै ओली पक्षबाट अर्को सभा हुँदै छ । उक्त सभाका सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक तथा प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले बुटवलमा आजसम्म भएको भन्दा ठूलो सभा गर्ने तयारी गरेको बताउनुभयो ।  प्रदेशका १२ वटै जिल्लाबाट दुई लाख जनता जुटाउने गरी सभाको तयारी भएको छ । 

रुपन्देहीले १ लाख र अरु ११ जिल्लाबाट एक लाख जुटाउने गरी हामीले तयारी गरेका उहाको भनाई छ । त्यसको लागि जनपरिचालन समिति प्रचार प्रसार समिति, आर्थिक परिचालन समिती, अतिथी सत्कार समिति, युवा परिचालन समिति, स्यमंसेवक परिचालन समितिहरु निर्माण गरेर पार्टी कमिटीहरुको बैठक बसेको समेत जानकारी गराउनुभयो । पार्टीको जिल्ला समिति र स्थानिय तहको बैठक बसेर जनताको बिचमा कार्यकर्ताका विचमा पुग्ने र बुटवलमा राखेको लक्ष्य अनुरुपको जनसमुदाय उपस्थीती हुने गरी पूर्ण रुपमा तयारी भएको छ ।

बुटवलको सिद्धेश्वर मैदानमा हुने सभामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, मुख्यमन्त्री तथा पार्टीका प्रदेश इन्चार्ज शंकर पोखरेल लगायत अरु नेताहरुले पनि सम्बोधन गर्नुहुने छ ।

प्रकाशित : ३० माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६