ब्रेकिंग न्युज

अफगानिस्तान सैन्य उपस्थिति बढाउने पक्षमा जर्मनी



काठमाण्डौ २ फागुन ।  जर्मनीका विदेशमन्त्री हेइको मासले जर्मनीले अफगानिस्तानमा आफ्नो सैन्य उपस्थिति बढाउन चाहेको बताउनुभएको छ ।जर्मनीले अफगानिस्तानमा अमेरिकापछि धेरै सैनिक पठाएको छ । अफगानिस्तानमा सेना पठाउनका लागि प्राप्त भएको वार्षिक जनादेश सकिनुभन्दा पहिले अफगानिस्तानको सरकार र तालीबानबीच शान्तिवार्ता हुने सम्भावना नरहेको जर्मनीले जनाएको छ । शान्तिवार्ता मार्चको अन्त्यअघि टुङ्गिने सम्भावना कम रहेको भन्दै जर्मनीका विदेशमन्त्री मासले त्यस बेलासम्मका लागि पूर्व निर्णयलाई परिवर्तन गर्नु नहुने बताउनुभएको छ ।

यसअघि संयुक्त राज्य र तालीबानीबीचको सम्झौतामा सबै विदेशी सेनालाई मे २०२० सम्म फिर्ता गर्ने सहमति भएको छ । राष्ट्रपति जो बाइडेनले समय सीमा आउँदासम्म पनि गम्भीर दुविधामा रहेको र तालीबानले हिंसा अन्त्य गर्ने कुनै सङ्केत नदेखाएको एक उच्च अमेरिकी अधिकारीको भनाइ रहेको छ ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अफगानिस्तानबाट आफ्ना सेनालाई फिर्ता लान तालीबानी समूहसँग सहमत देखिए पनि नयाँ अमेरिकी राष्ट्रपतिले गएको वर्ष तालीबानसँगको वाशिङ्टनमा गरिएको सम्झौताको समीक्षाको आदेश दिनुभएको छ । यसबाट सेना फिर्ता प्रक्रिया लम्बिने अनुमान सुरु भएको छ ।उत्तर एटलान्टिक सन्धि संगठन ९नेटो०का रक्षामन्त्रीहरूको यस महिनाको अन्त्यतिर बस्ने बैठकमा नेटो गठबन्धनको १० हजार सेनालाई फिर्ता गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुने निर्क्यौल गरिने विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित : २ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६