प्रदेश

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित पहिलैकै स्थानमा सर्ने



काठमाडौं २ फागुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित पहिलैकै स्थानमा सर्ने भएको छ । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनअन्तर्गतको पूर्वी मो हडा (उत्तरी, पूर्वी रदक्षिणी भाग)को प्रबलीकरण सम्पन्न भएसँगै सो भवनमा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थानान्तरण हुने भएको हो ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भन्नु भयो , “प्रधानमन्त्रीले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवनको उद्घाटन गर्नुहुनेछ । उद्घाटनपछि उहाँले सरकारको तीन वर्षको उपलब्धिबारे सञ्चारकर्मीहरूलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

” प्रधानमन्त्रीको सम्बोधनपछि अहिलेको भवनबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उद्घाटन गरिएको भवनमा स्थानान्तरण हुने उहाँले स्पष्ट पार्नु भयो ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भव)का प्रमुख श्यामकिशोर सिंहले सिंहदरबारको मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने भवन)को प्रबलीकरण सम्पन्न भई प्रधानमन्त्रीबाट फागुन ३ गते उद्घाटन गरिने कार्यक्रम तय भएको जानकारी दिनु भयो ।

प्रकाशित : २ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६