अन्तर्राष्ट्रिय

महासागरको ५४ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर जापानमा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प



काठमाण्डौ २ फागुन ।  जापानमा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । त्यहाँको स्थानीय समयअनुसार गएराति ११ बजेर ८ मिनेटमा फुकुसीमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।प्रशान्त महासागरको ५४ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गए पनि सुनामी आउन सक्नेबारे भने कुनै चेतावनी दिइएको छैन ।  सुनामी अर्थात् समुद्री छालको खतरा नभए पनि अबको एक हप्तासम्म ठूला पराकम्प आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन त्यहाँको मौसमी विभागले आग्रह गरेको छ ।

भूकम्पका कारण अहिलेसम्म जापानमा १ सयभन्दा धेरै व्यक्ति घाइते भएका छन् । भूकम्प जाँदा भाग्ने क्रममा लडेर र सामानहरुमा ठोक्किएर उनीहरु घाइते भएका जापानका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पले भौतिकरुपमा विभिन्न ठाउँमा माटोका ढिस्काहरु खस्नुका साथै सडकहरु पनि भासिएका छन् ।भूकम्प जानेबित्तिकै मौसम विभाग र अरु सरोकारवालासहितको आकस्मिक बैठक बसेर विशेष टास्क फोर्स निर्माण गरेर उद्धार तथा क्षति न्यूनीकरण गर्ने प्रयास भइरहेको छ । 

प्रकाशित : २ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६