प्रदेश

नेपालका प्रथम सहिद लखन थापाको १४४ औं स्मृति दिवस मनाइँदै



काठमाण्डौ २ फाल्गुन । आज नेपालका प्रथम सहिद लखन थापाको १४४ औं स्मृति दिवस उहाँको जन्मस्थल गोरखाको सहिद लखन गाउँपालिका-८ बुङ्कोटमा विशेष कार्यक्रम गरेर मनाइँदै छ ।लखन थापामगर स्मृति प्रतिष्ठान र नेपाल मगर सङ्घको आयोजनामा आज देशभरि विविध कार्यक्रमको आयोजना गरिएको नेपाल मगर सङ्घले जनाएको छ । स्मृति दिवसका अवसरमा गएको माघ २८ गतेदेखि विद्यालय स्तरीय खेलकुद कार्यक्रम, खुला दौडलगायतका कार्यक्रम गरिएको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले बताउनुभयो । जहानियाँ राणा शासनविरुद्ध आन्दोलन चलाएको भन्दै थापालाई १९३३ साल फागुन २ गते गोरखाको बुङ्कोटमा खिर्राको रुखमा झुन्ड्याएर हत्या गरिएको थियो ।लखन थापामगरको बलिदान र योगदानको कदर गर्दै सरकारले उहाँलाई २०५६ सालमा सहिद घोषणा गरेको थियो भने २०७२ साल असोज ३ गते औपचारिक रुपले नेपालको पहिलो सहिदको दर्जा प्रदान गर्ने निर्णय गरेको थियो । 

प्रकाशित : २ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६