ब्रेकिंग न्युज

अमेरिकी सिनेटमा ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव अस्वीकृत



काठमाण्डौ २ फागुन । अमेरिकी सिनेटमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव अस्वीकृत भएको छ ।माथिल्लो सदन सिनेटले जनवरी ६ तारिखमा संसद भवनमा भएको हिंसात्मक आक्रमणमा ट्रम्प संलग्न भएको आरोपबाट मुक्त गरेपछि उहाँ महाअभियोगबाट जोगिनु भएको बीबीसीले जनाएको छ ।सिनेटमा ट्रम्पविरुद्धको दोस्रो पटकको महाअभियोग प्रस्तावमाथिको सुनुवाइपछि मतदान भएको थियो । तर, महाअभियोग पारित हुनका लागि चाहिने दुई तिहाइ मत जुट्न सकेन । रिपब्लिकनसहितका ५७ सिनेटरले महाअभियोगको पक्षमा मतदान गरे पनि दोषी ठहर गर्नका लागि चाहिने दुई तिहाइका लागि १० सिनेटरको मत पुगेन ।माथिल्लो सदन सिनेटमा एक सय सदस्य रहेकोमा महाअभियोग पारित हुनका लागि दुई तिहाइ अर्थात् ६७ सदस्यको मत चाहिन्छ । गएको जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणका लागि समर्थकलाई उक्साएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाउन प्रस्ताव गरिएको थियो । 

प्रकाशित : २ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६