अन्तर्राष्ट्रिय

भारतको आन्ध्र प्रदेशमा बस र ट्रक आपसमा ठोक्किँदा १४ जनाको मृत्यु



काठमाडौं २ फागुन । भारतको आन्ध्र प्रदेशमा बस र ट्रक आपसमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते भएका छन् ।दुर्घटना कर्नुल जिल्लाको मदरपुर गाउँमा आइतबार बिहान चार बजेतिर भएको हो । दुर्घटनामा आठ महिला, चालकसहित पाँच पुरुष र एक बच्चाको मृत्यु भएको छ । यी सबै चित्तुर जिल्लाको मदनपल्ले भन्ने स्थानबाट अजमेर तीर्थयात्रामा जाँदै थिए ।तीर्थयात्री सवार बस अनियन्त्रित हुँदै विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो ।कर्नुल जिल्ला प्रहरीका अनुसार बसमा १८ जनामध्ये चारजना बच्चा बाँचेका छन् । उनीहरुमध्ये दुई जना बच्चाको अवस्था गम्भीर छ ।

प्रकाशित : २ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६