अन्तर्राष्ट्रिय

म्यानमारमा सैन्य ‘कू’ को विरोधमा भइरहेको जनप्रदर्शनलाई सेनाले दबाउने प्रयास



काठमाण्डौ ३ फागुन । म्यानमारमा सैन्य ‘कू’ को विरोधमा भइरहेको जनप्रदर्शनलाई सेनाले दबाउने प्रयास गरेको छ । म्यानमारका शहरका सडकमा सेना बख्तरबन्द गाडीसहित निस्कन थालेका छन् भने इन्टरनेट सेवा समेत बन्द गरिएको बीबीसीले जनाएको छ ।केही ठाउँमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली प्रहार गरेका खबर आए पनि औपचारिक रुपमा पुष्टि हुन भने बाँकी छ । म्यानमारमा गएको फेब्रुअरी १ तारिखमा भएको सैन्य ‘कू’ को विरोधमा लगातार विरोध प्रदर्शन भइरहेको छ । यहि विरोध प्रदर्शन दबाउन सेना बख्तरबन्द गाडीसहित सडकमा निस्केका हुन सक्ने अनुमान गरिएको छ ।

यसबीचमा नै संयुक्त राष्ट्र संघका एक अधिकारीले म्यानमारका सेनाले नागरिकविरुद्ध युद्धको घोषणा गरेको आरोप लगाएका छन् । रातको समयमा छापा मार्ने र पक्राउ गर्ने जस्ता हर्कत सेनाले गरेको भन्दै उनले नागरिकको अधिकार हनन् गरिरहेको बताएका खबरमा उल्लेख छ । यस्तै, युरोपेली संघ, अमेरिका र बेलायतले म्यानमारका सेनालाई प्रदर्शनकारीमाथि हिंसा नगर्न अपिल गरेका छन् । 

प्रकाशित : ३ फाल्गुन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६