कपिलवस्तु
मेला घुमेर घर फर्किदा रात परे पछि भान्जी छाड्न लगेका मामाबाट एक किशोरी बलात्कृत भएकी छिन् । ती बालिका शुक्रवार राती बलात्कृत भएकी हुन । उनी बिजयनगर गाउँपालिकाको लोहरौला गाउँमा लागेको मेला तथा सास्कृतिक कार्यक्रम हेर्न भनी पुगेकी थिइन । मेला हेर्दा अवेर भए पछि ठुला मामाले कान्छो भाइ लाई भान्जीलाई घर छाड्दिन भनेका थिए । दिदी रिसाए पछि चाडै पुराउनका घर छाड्नका लागि मोटरसाइकल लिएर आएका भाइलाई छाड्न अनुरोध गरेका थिए ।
मोटरसाइकलबाट जाने क्रममा बाटो ट्याक्टर हिँडेर बिग्रीएको भन्दै गलत बाटो लगेका थिए । खोलाको किनारमा पुगे पछि शौचालय गर्ने बाहानामा बाइक रोकी बलात्कार भएको बताइएको छ । शुक्रवार घटना भएपनी मुद्धा दर्ता गर्न सहयोगी नभेटिए पछि फाल्गुन २ गते प्रहरी समक्ष जाहेरी दर्ता भएको थियो । घटनाका आरोपितलाई ईलाका प्रहरी कार्यालय गणेशपुरले पक्राउ गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
प्रतिक्रिया