जीवनशैली

कांग्रेसले चुनाव चाहेको छ पुनस्थापना होइन : देउवा



भैरहवा ४ फागुन ।नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले कांग्रेसले चुनाव चाहेको स्पष्ट पार्नु भएको छ । उहाले पुनस्थापनाले सही सत्तासंचालन नहुने खिचातानी हुने र देशले ठूलो वर्वादी ब्यहोर्ने भन्दै चुनाव नै निर्विकल्प भएको दावि गर्नु भएको  छ । तर निर्वाचन आयोगको आलटालले शंका पैदा गरेको वताउनु भएको छ । देउवाले भैरहवामा आयोजित विरोध सभामा वोल्दै कम्युनिष्ट सरकारसंग जनता आजित परेको भन्दै कार्यकर्तालाई जनताको घर घर गएर जनताको सेवा गर्न आग्रह गर्नु भएको छ । जनता नै देशका मालीक हुन जनतालाई खुसी पार्नुस चुनाव सजिलै जितिन्छ भाषण गरेर मात्रै हुदैन देउवाले भन्नु भयो ।

भैरहवामा आयोजित बिरोध सभामा बोल्दै कांग्रेस सभापती देउवाले नेपाली कांग्रेसले अदालतको निर्णय सदैव मान्दै आएको र अव पनि अदालतको निर्णयलाई सम्मान गर्ने बताउनु भयो ।देउवाले अदालतले चुनावमा जानुपर्छ भन्यो भने तयार हुनुपर्ने देउवाले अदालतलाई विश्वास गर्न आग्रह गर्नु भयो । ‘अदालतले चुनाव गराउँ भन्छ भने पनि ठीक छ। चुनाव भयो भने त्यो भन्दा ठूलो अदालतमा जाउँला। अदालतमा विचाराधिन मुद्दामा हामीले यस्तो गर उस्तो गर भन्न मिल्दैन।’ देउवाको भनाई थियो ।

    निर्वाचनको तयारी नगरेको भन्दै निर्वाचन आयोगप्रति आक्रोस ब्यक्त गर्नु भएका देउवाले सरकारले घोषणा गरेको चुनावमा निर्वाचन आयोगले चासो नदिएको आरोप लगाउनु भयो ।देउवाले आयोगले निर्वाचन आयोगका गतिबिधीका कारण निर्वाचन हुन्छ हुदैन भन्नेमा माथि शंका गर्नुपर्ने अवस्था आएको उल्लेख गर्नु भयो । ‘निर्वाचन आयोगले किन चुनाव गर्छु भन्दैन । आयोग माथि शंका गर्नुपर्ने भएको छ ।

     किन तालीका सार्वजनिक गर्दैन ।’ उनले भने ‘चुनावको कार्यक्रम किन दिन सकेको छैन। अदालतको निर्णय चुनाव नगराउने भन्ने आयो भने बन्द गरे भइहाल्यो ।’ देउवाले भन्नु भयो ।अदालतले भन्दा निर्वाचन आयोगले बदमासी गर्न पनि सक्ने खतरा देखियो ’ ‘चुनाव नगर्ने हो भने चुनाव गराउँदिन भन्न पर्यो ।’ देउवाले भन्नु भयो ।

प्रकाशित : ४ फाल्गुन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६