अर्थ-वाणिज्य

तिलोत्तमामा सामुदायिक आवास विकास परियोजना शुरु,मूल्यसूची सार्वजनिक



बुटवल ४ फागुन रुपन्देहीको तिलोत्तमामा सामुदायिक आवास विकास कार्यकालागि नयाँ परियोजना शुरु भएको छ । लुम्बिनी अष्टदिप मल्टिनेशनल प्रा.लि.ले रुपन्देहीको तिलोत्तमामा आवास विकास परियोजना शुरु गरेको छ । रुपन्देहीको बुटवल तथा भैरहवा आधुनिक शहरको रुपमा विकास भईरहेका बेला प्रालिले तिलोत्तमा ७ भलवारीमा आधुनिक बस्ती निर्माणका लागि आवास विकास परियोजना शुरु गर्न लागेको हो । 

    विशेष गरी बैंक तथा सरकारी कार्यालयका कर्मचारी, विदेशमा रहेका नागरिक लगायत एकै आर्थिक अवस्था भएका र आधुनिक तथा सुरक्षित बस्तीको चाहना राख्नेहरुलाई लक्षित गरि आवास विकास परियोजना अगाडी ल्याईएको बनले बताए ।प्रालिले एउटै कम्पाउण्ड भित्र क र ख समुह गरि जग्गा र घरको क्षेत्रफल र मूल्य समेत दुई प्रकारमा घर निर्माण गर्ने जनाएको छ । प्रालिका अध्यक्ष बनले क समूहमा १४ धुर जग्गामा २९ सय स्क्वायर फुटका साढे दुईतल्ले घर निर्माण गरिने छन् ।

    त्यस्तै ख समुहमा १० धुर क्षेत्रफलमा २२ सय स्क्वायर फुटका घर निर्माण गरिने छन् । प्रालीले क समुहका घरका लागि २ करोड ५० लाख र ख समुहका लागि १ करोड ७५ लाख रुपैया मूल्य तय गरेको जनाएको छ ।परियोजना अन्तर्गत समुह क मा ३८ वटा र समुह ख मा ८५ वटा घरहरु निर्माण हुने छन् । यो परियोजना कम्पनीको पहिलो रहेकोले गुणस्तर र सरकारले तोकेको मापदण्डप्रति विशेष चनाखो रही भवन निर्माण गरिने प्रालीले जनाएको छ ।

    बुटवल भैरहवा सडकखण्डको भलवारी चोकदेखि १४ सय मिटर पूर्व करिब ६ विगाह क्षेत्रफलमा १ सय २३ वटा आधुनिक र सुविधा सम्पन्न आवास निर्माण गर्न लागिएको प्रालिका अध्यक्ष नेत्र वनले जानकारी दिए ।कोरोना महामारीसंगै सुस्ताएको घरजग्गा कारोबारका विचमा प्रालिले मध्यम आर्थिक अवस्थाका परिवारलाई लक्षित गरि आवास परियोजना अगाडी सारेको जनाएको छ । 

    एन्ट्रास्पेश टेक्निकल कन्सल्टले डिपिआर तयार गरि घर निर्माणको काम भइरहेको र ३ वर्षभित्र सम्पन्न गर्ने गरि परियोजनाको काम अगाडी बढाईएको बनले बताए । प्रालीले यो परियोजनामा दुई अर्ब बढी लागत अनुमान गरेको छ भने घर लिन चाहानेहरुलाई अधिकतम २५ वर्षसम्मको बैंक सुविधा उपलब्ध गराउने जनाएको छ ।हालसम्म १५ वटा घरको लागि बुकिङ भईसकेको र बुकिङ गरेको ६ देखि ९ महिनाभित्रमा घर तयार गरि उपलब्ध गराईने संचालक विष्णु प्रसाद भुसालले जानकारी दिए । एकिकृत वस्तिमा खेल मैदान, बाल उद्यान, जीमखाना, स्वीमिङ पूल, कभर्ड हल, बास्केटबल कोर्ट, हेल्थ क्लब, रेष्टुरेण्ट, सैलुन तथा मन्दिरसमेत परियोजना आफैले निर्माण गरिदिने छ ।

    आवास विकास परियोजना क्षेत्र तिलोत्तमा नगरपालिकाले बस्ती विकासको लागि छुट्टयाएको क्षेत्र समेत रहेको र नेपाल सरकारले तय गरेको शहरी विकास मापदण्ड अनुसार भुकम्प प्रतिरोधी घर निर्माण गरिने भुसालले दावी गरे ।परियोजनाले सडक, पार्क, स्वीमिङ पुल लगायत गरि झण्डै ४० प्रतिशत खुल्ला स्थान छोडेको जनाएको छ ।

    घरहरुको निर्माण कार्य सकिएर विक्रि भइसकेपछि सार्वजनिक स्थान, बस्तिका लागि निर्माण गरिएका पार्क लगायतका संरचनाहरुको जिम्मेवारी बस्तिलाई नै हस्तान्तरण गर्ने जनाएको छ ।थोरै संख्याका घरहरु निर्माण गरि यसअघि पनि एकिकृत आवास परियोजनाले काम गर्दै आएको भएपनि यति धेरै लगानी र घरहरु निर्माण गर्ने गरि शुरु गरिएको परियोजना रुपन्देहीमा पहिलो भएको प्रालीले दावी गरेको छ । 

प्रकाशित : ४ फाल्गुन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६