कपिलवस्तु ५ फागुन ।कोरोनाको प्रभाव कमभए संगै कपिवस्तुको बुद्धभूमि नगरपालिका चालु आर्थिक वर्षका योजना कार्यान्वयनमा सक्रियताका साथ लागेको छ । यो भन्दा पहिलो आर्थिक वर्षमा कोरोनाको कारण थलिएका नगरका गतिविधिहरुले यस आर्थिक वर्षमाभने गति लिएका छन् । चालु आर्थिक वर्षमा कुल विनियोजित ९५ करोड ९२ लाख रुपैयाँमध्ये हाल सम्मपूँजीगत तर्फ ४ करोड ४३ लाख ३४ हजार २ सय १९ रुपैयाँ र चालु तर्फ १२ करोड ६६ लाख १६ हजार रुपैयाँहाल सम्मखर्च भैसकेको नगरपालिकाका लेखाअधिकृत राम प्रसाद भटराईले जानकारी दिनुभयो ।
बुद्धभूमि नगरले कुरालाई भन्दा पनि कामलाई प्रमुख प्राथमिकतामा राखेकोले दु्रतगतिमा विभिन्न कार्यक्रम तथा योजनाको कार्यान्वयन भैरहेको नगर प्रमुख केशबश्रेष्ठले धारणा राख्नु भयो । नगरले सातौँ नगरसभाबाट पारित योजनाहरु मध्ये ठुला प्रकृतिका योजनाहरुको प्रतिश्पर्धाको माध्यमद्धारा निर्माण कार्य गराउने प्रयोजनकालागिहाल सम्म २६ वटा योजनाको ठेक्का संझौता सम्पन्न भएको ट ।
चालु आर्थिक वर्षमा १५ वटा कार्याविधिीनिर्माण सम्पन्नभएको र उपभोक्ता समितिमार्फत गरिने १ सय ४२ वटा योजनाको सम्झौता सम्पन्नभई त्यस्को कार्यान्वयनको कार्य अगाडी बढेको प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेलले जानकारी दिनुभयो ।यस्तै नगरको सामाजिक विकास शाखा तर्फका योजना तथा कार्यक्रमहरुले पनि गतिलिएका छन् ।
प्रतिक्रिया