अन्तर्राष्ट्रिय

अमेरिकामा हिमआँधीका कारण कम्तीमा २३ जनाको ज्यान गयो



काठमाण्डौ ५ फागुन ।  अमेरिकामा हिमआँधीका कारण कम्तीमा २३ जनाको ज्यान गएको छ । मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीका कारण मानिसहरुको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।टेक्सास, लुसियाना, केन्टुकी र मिजौरी, नर्थ क्यारोलाइना, ओरेगन राज्यमा हिमआँधीले असर गरेको छ । टेक्सासमा आपतकाल घोषणा गरिएको छ । विद्युत सेवा बन्द भएको छ । केही राज्यमा विद्यालय बन्द गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रभावित क्षेत्रमा आवश्यक आपतकालीन् सहयोग गर्न तयार रहेको बताउनुभएको छ । 

प्रकाशित : ५ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६