लुम्बिनी

नम्बर कम ल्याएको भन्दै कक्षा कोठा भित्र विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ



दाङ ५ फागुन । परीक्षामा नम्बर कम ल्याएको भन्दै कक्षा कोठा भित्र विद्यार्थीलाई कुटपिट गर्ने राजपुर गाउँपालिका–७ स्थित माध्यमिक विद्यालय सिक्टाका शिक्षक हेमराज बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।फागुन ३ गते बिकलाई पक्राउ गरेर बालबालिका ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी नायव निरीक्षक मीनबहादुर शाहीले बताए ।‘विद्यार्थीका अभिभावकको किटानी जाहेरीका आधारमा पक्राउ गरेका हौँ’ उनले भने, ‘अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।’ करिब दुई हप्ताअघि शिक्षक बिकले गणित विषयमा शून्य नम्बर ल्याएको भन्दै विद्यार्थीलाई पाइपले कुटेको भिडियो सार्वजनिक भएको थियो । शिक्षक बिकले विद्यार्थी कुट्नु गल्ती रहेको स्वीकार गरेका छन् ।

प्रकाशित : ५ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६