काठमाण्डौ ५ फागुन । सुनको भाउ आज ११ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ८९ हजार ८ सय रुपैयाँमा झरेको छ ।कोरोना भाइरसको सङ्क्रमणसँगै विश्व बजारमा छाएको अस्थिरताका कारण सुनको मूल्यमा पनि धेरै उतारचढाव आइरहेको छ । सुनको मूल्यमा आएको अस्थिरताकै कारण कारोबार समेत प्रभावित भएको व्यवसायी बताउँछन् ।व्यवसायीका अनुसार अहिले धेरैजसोले पुरानै गहना बेचेर त्यसबाट आएको पैसामा केही थपथाप गरेर नयाँ गहना बनाउने गरेका छन् भने केहीले जलप लगाएको गहनाको प्रयोग गर्ने गरेका छन् । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदीको मूल्य आज १३ सय ४० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हिजोको भन्दा २० रुपैयाँले सस्तो हो ।
५ फाल्गुन २०७७, बुधबार
प्रतिक्रिया