ब्रेकिंग न्युज

मोबाइल लुट्न कुटपिट, पानीमा डुबेपछि मृत्यु



 काठमाडौं ६ फागुन। गुह्येश्वरी मन्दिर नजिकै बाग्मती नदी किनारमा एकजना व्यक्तिको हत्या भएको छ ।काठमाडौं–७ घर भएका ४९ वर्षीय राजुमान श्रेष्ठको हत्या भएको पाइएपछि चार जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए ।प्रहरीले शनिबार नदी किनारमा शंकास्पद अवस्थामा श्रेष्ठको शव भेटेको थियो । गाडी सिक्न भन्दै मध्यराति करिडोरमा निस्किएका उनको मोबाइल चोरी गर्ने उद्देश्यले लिखुतामाकोशी गाउँपालिका–३, रामेछाप घर भएका १८ वर्षीय विशाल तामाङ, सन्तोष तामाङ, सन्तकुमार तामाङ र लाक्पा तामाङले आक्रमण गरेका पाइएको प्रहरी बताउँछ ।

श्रेष्ठले प्रतिकार गर्न खोजेपछि कुटपिट गर्दै बाग्मदी नदी छेउ लडाइदिएको पाइएको सिंह बताउँछन् । त्यसपछि पानीमा डुबेर उनको मृत्यु भएको पाइएको छ । ‘कुटपिटका कारण गम्भीर घाइते भएकै कारण उनी उठ्न नसकी डुबेर मृत्यु भएको देखिएकाले कर्तव्य ज्यान मुद्दामा चारै जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौं’, सिंहले भने ।मन्दिरको पारिपट्टी गाडी बिग्रिएपछि उनी अलमलमा परेका थिए । रातिको समयमा बनाउने मान्छे पनि आएपछि उनी दिव्यश्वरी पार्टी प्यालेसतर्फ हिँड्दै गएका थिए । त्यही वेला श्रेष्ठको जम्काभेट आक्रमण गर्ने युवाहरुसँग भएको थियो ।उनीहरु डिस्कोमा गएर फर्किएको पाइएको प्रहरी बताउँछ । विस्तृत अनुसन्धान महानगरीय प्रहरी वृत्त, गौशालाबाट भइरहेको छ ।

प्रकाशित : ६ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६