भैरहवा ७ फागुन । रुपन्देहीका उद्योगी व्यवसायीहरुको साझा संस्था सिद्धार्थनगर उद्योग वाणिज्य संघमा नेतृत्वका लागि चुनावी दौड सुरु भएको छ ।संघको अगामी २ वर्षे कार्यकालका लागि मंगलबार निर्वाचनको कार्यक्रम सार्वजनिक भएसँगै उम्मेदवारका आकाक्षीहरु पनि दौडधुपमा लागेका छन । निर्वाचनको मिति नजिकिदै गएसँगै संघमा आबद्ध १६ जना नयाँ अनुहार पदको आकांक्षा सहित उम्मेदवारी घोषणा गर्दै चुनावी मैदानमा छन ।
१ महिला सहित ११ पद वाणिज्य सदस्य तर्फ नयाँ अनुहारको रुपमा प्रमोद रिजाल, दिनेश अमात्य, धर्मराज आचार्य, विशाल जैसवाल, अभिनव मयुर कसौधन, ऋषि पाण्डे, जवाहिर अग्रहरिले उम्मेदवारी दिने घोषणा गरेका छन । महिला १ पदको कोटा तर्फ भने हाल समम कसैको उममेदवारीको चर्चा आएको छैन ।
त्यस्तै १ महिला कोटा सहित ६ जन उद्योग सदस्य तर्फ ओम जैशी, हरि बहादुर थापा, राजु न्यौपाने, रामचन्द्र उपाध्याय, पुरुषोत्तम लम्सालले उम्मेदवारी दिने गरी मैदान मा छन, एक पद महिला सदस्यका लागि ३ जना नया अनुहार मिना पन्थी, हेमा बेल्बासे र विष्णु माया शर्मा पौडेलले समेत संघमा उम्मेदवारी दिने घोषणा गरेका छन ।
यस्तै बस्तुगत तर्फ एक पदका लागि विनय ज्ञवालीले पनि नयाँ अनुहारको रुपमा उम्मेदवारीको घोषणा गरेका छन । नयाँ अनुहारको अलावा हालका कार्यसमिति सदस्य र यस अघिका निर्वाचन कार्यक्रममा उम्मेदवारी दिइसकेका दर्जन बढिले पनि अहिलेको निर्वाचनमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन ।
पदाधिकारी भन्दा पनि कार्यसमिति सदस्य पदका लागि उम्मेदवारी दिनेहरुको लर्को छ । युवा र संघलाई थप व्यवस्थित गर्न अहिले उम्मेदवार तथा आकांक्षीहरूले एजेण्डा बोकेर सामाजिक संजालसँगै चोक चोकमा चर्चा गरिरहेका छन । केही उममेदवार घर दैलोमा पुगेर मत माग्ने, पर्चा पम्पलेट वितरण गरेका छन भने सामाजिक संजाल फेसबुक, म्यासेज, ब्हाटसप, भाइबर भ्वाइस सन्देश लगायतका डिजीटल माध्यमबाट पनि उम्मेदवारीका लागि प्रचार प्रसार भइरहेको छ ।
आकाँक्षीहरु नियमित छलफल, आन्तरिक समूह बनाउने, उद्योगी ब्यबसायीसंग सरसल्लाह गर्ने, पूर्व अध्यक्ष तथा पदाधिकारीहरुसँग सहकार्य गर्ने ,प्यानल बनाएर जाने की स्वतन्त्ररुपमा भिड्ने विषयमा दैनिक छलफल चलाईरहेका छन् ।
प्रतिक्रिया